Connect IPS
IME Life

सिटिजन्स बैंकका ग्राहकले कान्तिपुर डेन्टलको सेवामा आकर्षक छुट पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले काठमाडौंको बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरमा छूट पाउने भएका छन् । कम्पनी र हस्पिटलबीच भएको सम्झौता अनुसार ग्राहकले छूट पाउने भएका हुन् ।

समझदारीपत्रमा हस्ताक्षर पश्चात् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले हस्पिटलका सेवाहरुमा १५ प्रतिशतसम्म छूट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास कम्पनीले लिएको छ ।

Prabhu
Crest

कम्पनीले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छूट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

बैंकले देशैभरी फैलिएका आफ्ना १९४ वटा शाखा, १५७ वटा एटिएम, ३ विस्तार काउन्टर र ९८ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट करिब १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS