काठमाडौं । प्रकाश विक्रम खत्री सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका सीईओ हुन्। जोशिला खत्री युवा अवस्थामा नै बीमा क्षेत्रको सीईओजस्तो महत्वपूर्ण नेतृत्व गर्न सफल छन् भने उनले बीमा क्षेत्रमा लामो कार्यानुभवसमेत हासिल गरेका छन्। विदेशी विश्वविद्यालयको पढाइ र अन्तर्राष्ट्रिय संस्थाको सुशासनमा बसेर काम गरेका कारण पनि उनी बीमा क्षेत्रमा परिचित अनुहार हुन् । उनै सीईओ खत्रीसँग इन्स्योरेन्स टकमा भएको कुराकानीको सारसंक्षेपः
मर्जरपछिको सिनर्जी प्राप्त भएको छ त ?
सिनर्जी भन्नाले के हो भन्ने कुरामा पनि हामी स्पष्ट हुनुपर्छ। ठीक छ, व्यवसाय आफ्नो पार्टमा छ तर अरू प्राविधिक पार्टहरू छन् । व्यवसायबाहेक पनि अरु कुराहरु छन्। अरु बेला लुकेका प्ल्याट फर्मका कुराहरु छन्। आजको दिनमा डिजिटलाइजेशनमा हामीले वास्तवमा धेरै काम गर्न सक्यौँ। गएको वर्षमा लगानीकर्तालाई लाभांश दिन पनि सक्यौँ। त्यो पनि मर्जरका कारण नै हो । आजका दिनमा मर्जरका कारणले कष्ट अफ डुइङ बिजनेस के छ, त्यो पनि हामीले हेर्नुपर्छ। हामीले धेरै नै सिनर्जी प्रात गरिसकेको अवस्था छ।
पहिले दुईवटा कम्पनी हुँदा कर्मचारी संख्या झन्डै ८०० भन्दा बढी थियो। भीआरएस ल्याएर पनि हामीले ५०० जनामा सीमित भएको अवस्था छ। ब्रान्च २८० थिए। आजको दिनमा १७५ भइसकेको अवस्था छ। भन्न खोजेको अलमस्ट मार्केटमा भएको कुनै एउटा कम्पनीसँग रहेका शाखा बराबर हामीले शाखा मर्ज गरेका छौँ। सय ब्रान्च, ३०० कर्मचारी भनेको ठूलो शक्ति हो। त्यसलाई व्यवस्थापन गरेर हामीले संस्थालाई अघि बढाउन सफल भइसकेका छौँ। यसकै रिजल्ट भनेको व्यवसायको ग्रोथको कुरा आउँछ। हामीले संख्यात्मकभन्दा पनि क्वालिटीमा ध्यान दिइरहेका छौँ। र, समग्र उद्योगमा नै जेठ मसान्तसम्मको डाटा हेर्ने हो भने अवस्था चाहिँ ६ प्रतिशतमात्रै वृद्धि भएको देखिन्छ। हामी पनि त्यसमा त्यो भन्दा पछाडि छैनौ। भनेपछि सिनर्जी भनेकोमा अरू अपरेसन कन्ट्रोलका कुराहरूमा पनि हामी अघि बढेका छाैं ।
एउटा कम्पनीका लागि पूँजी धेरै हुँदा र थोरै हुँदाको फरक के हुँदो रहेछ?
अब एउटा ठूलो कम्पनी भइसकेपछि मार्केटमा पोजेटिभ म्यासेज जान्छ। हाम्रो लगानी नै ३५ सय करोडभन्दा बढी भइसक्यो। ३२ सय करोडभन्दा बढीको लाइफ फन्ड भइसक्यो। हामीले अभिकर्ता र बीमितबीच विश्वास हासिल गर्न सकेका छौँ। एउटा विशाल महासागर भइसकेका कारणले व्यवसाय बढ्ने छ भन्नेमा हामी विश्वस्त छाैं।
हामी यही आउँदै थियौँ। दुई अर्ब र साढे पाँच अर्बको कम्पनीको आकारमा प्रिमियम बढ्नुपर्ने होइन र ?
त्यो चाहिँ एउटा लगानीकर्ताले सोध्ने कुरा त्यही हो। तर, अर्को पार्ट भनेको बीमा क्षेत्र पूर्ण प्राविधिक बन्दैछ। एनएफआरएस, रिस्क बेस्ड क्यापिटलका कुराहरु छन्। रिस्क बेस्डमा कम्पनीले मार्केट, अपरेसन रिस्क म्यानेज गर्न चाहिँले संयन्त्र राख्नुपर्नेछ। जति ठूलो कम्पनी हो, त्यति नै ठूलो जोखिम आउँछ, त्यसैले चार्ज लाग्छ। पर्याप्त पुँजीको आवश्यक छ। यो प्रश्नको जबाफ अर्को वर्षमात्र हामीले दिन सक्छौँ। कस्तो असर पर्छ, त्यो अवस्था हेरेर मात्र भन्न सकिन्छ। शेयरहोल्डरको भन्दा पनि रिस्कको प्रस्पेक्टिभमा भन्छु।
ठूलो पुँजी लिएर कम रिटर्न दिँदा लगानीकर्तालाई साधारण सभामा फेस गर्न गाह्रो होला नि ?
त्यो भन्दै गर्दा प्राधिकरणलाई हामीले केही सुझाव दिएका छौँ। एकातिर रिस्क बेस्ड क्यापिटल र अर्कोतिर भ्यालुएसनमा लचकताका कुराहरु एडप्ट गर्छौं। प्रोफिटमा केही सहज नै होला। क्याल्कुलेटिभ रिस्कका आधारमा शेयरहोल्डरलाई अझै दिन पनि सकिन्छ कि।
४५ प्रतिशत पहुँच पुगिसक्यो भन्छौँ। अझै धेरै बाँकी छन् है ?
एउटा ग्लास सिलिङ भन्छौँ, हामी एउटा पिकमा पुगेका छैनौँ। प्राधिकरणको डाटाले पनि भन्छ। यसमा वैदेशिकको हटाउँदा पनि ३५ प्रतिशत पुगेको छ। औसत नेपाली दाजुभाइ तथा दिदीबहिनीको उमेर २५ वर्ष छ। बीमा गर्ने उमेर पनि त्यही हो। त्यस कारणले मान्छेहरु छन्। प्रतिदिन अहिले १५ सय, २ हजार नेपाली बाहिर जानुभएको छ। यसले आगामी दिन चुनौतीपूर्ण भएको अवस्था छ, तर यसमा बैंक, पर्यटन सबैतिर चुनौती देखिएको छ। मार्केट शेयर ओगटेर बस्ने ठाउँ छैन।
प्लस टु सकेकाहरु विदेश गएका छन्। मार्केट ग्रो अपका लागि देखिएका च्यालेन्ज के–के छन् ?
सबै व्यावसायिक क्षेत्रले फेस गरेको आर्थिक सुस्तता भएको अवस्था छ। नेपालमा ५–७ वर्षमा यस्तो अवस्था आउने गर्छ। यो सुस्तता लामो समयसम्म रहेको छ। यसले किन्ने क्षमता, मनोविज्ञानमा पनि केही प्रभाव पारेको छ। असुरक्षाको मनोविज्ञानका कारण लामो समयका लागि पैसा लगानी गर्नेभन्दा पनि नगदै हातमा राख्ने मानसिकता देखिन्छ। नेपालको इकोनोमीमा एउटा सानो कुरा मिल्दा धेरै कुरा मिलेको जस्तो पनि लाग्छ। गएको ७–८ वर्षमा नेपाली बीमा क्षेत्रले मारेको फड्को निकै राम्रो छ।
बीमामा धेरै लगानी थपिए। क्वालिटी चाहिँ आयो कि आएन। दीर्घकालमा लगानीकर्तालाई असर पर्ने हो कि भन्ने संशय पनि छ है ?
त्यो छ। तर एउटा अन्धविश्वासजस्तो के छ भने धेरै व्यवसाय गरे धेरै नाफा कमाइ हुन्छ , तर त्यस्तो भन्ने हुँदैन। त्यस्ता नजिर पनि हाम्रामा छन्। लाइफ इन्स्योरेन्स म्याराथन रेस हो। यसमा लाइफ फन्डको आकार, क्वालिटीको अवस्थाले ठूलो प्रभाव पार्छ। हाम्रो भ्यालुएसनले सबै प्रस्ट पार्छ। बिजनेस रिस्क ठूलो रिस्क हो। तर, चाहिँ बिजनेस कस्तो छ भन्नेमा इन्डस्ट्री नै सजग छ।
तपाइँहरु त्यहीँबाट कमाउनु हुन्छ, त्यहीँबाट बाँड्नुहुन्छ। एफडीमा राखेर काम गर्नुपर्दा बडो गाह्रो छ है, तपाइँहरुलाई ? अझ १ प्रतिशत कम पाइन्छ क्या हो ?
त्यही त। संस्थागतका कम पाइने अवस्था छ अहिले। पहिले हामीले कम्तीमा १० वर्ष लगानी गथ्र्यौं, अहिले त्यो आधीले कम भएको छ। बैंकले रेट पब्लिस गरे पनि अहिले नयाँ फन्डलाई मात्र हामीले राख्ने त हो। पुराना फन्ड पुरानोमै प्लेसमेन्ट भएको अवस्था छ। नेट इप्याक्ट कम नै हुन्छ। यस्तो अवस्थामा ५ वर्ष भए केही कम्पनीलाई गाह्रो होला, हाम्रोमा सहनशीलता ठीकै छ।
नयाँ एभिन्युमा प्राधिकरणले जानु भनेको छ। यसमा म्याचुरिटीमा छाती फुलाएर रिटर्न दिऊ भन्नेतिर जाने बेला भएन, लगानीको दायरा बढाएर ?
त्यो बेला त भयो। त्यतातिर रेगुलेटरको नर्म चेन्ज भएको र बजारको अवस्थाले गर्दा त्यसरी नै जानुपर्छ। लाइफ इन्स्योरेन्समा पब्लिकको पैसा हो र यो इन्ड अफ द डेमा फिर्ता हुन्छ भन्ने भुल्नु हुँदैन। डाइभर्सिफिकेसनमा अरु कम्पनी पनि लग्नु भएको र हामी पनि लागेका छौँ। बाहिर पनि ठूला बोन्ड र एफडीमा उहाँहरु लाग्नु भएको अवस्था छ। प्राधिकरणको गाइडलाइनमा बसेर काम गर्ने यो सही समय हो।
तपाइँ त बाहिर बसेर पढ्नु भयो। उता काम पनि गर्नु भयो। बाहिरको एक्सपोजर पनि रहेछ। विदेशमा हाईवे, रंगशाला बीमा कम्पनीले बनाउँदा रहेछन्। हाम्रो पनि त्यसरी जान सके राम्रै हुन्थ्यो कि ?
एकदमै सही हो। मैले मेरो करिअर बार्लेज बैंकबाट सुरु गरेको थिएँ। बाहिर उनीहरुको साइज निकै ठूलो हुन्छ तर रिस्क लिने कम गर्छन्। हामी पनि त्यसरी नै प्रवेश गर्दैर्छौं। उनीहरुले कहाँसम्म असर पर्छ भन्ने अध्ययन गरेर मात्र काम गर्ने गर्छन्। मलाई बढी पेपरवर्क गरेको जस्तो पनि लाग्थ्यो। तर, बाहिर सम्पत्तीमा लगानी हुन्छ। बीमा कम्पनीले बैंक चलाउँछन्। ठूलो लगानी हुन्छ। यहाँ उल्टो लगानीजस्तो छ। विस्तार हामी जाँदैछौँ। हाइड्रो, कृषि, पर्यटनमा पनि अहिले खुलेको छ। बीमा प्राधिकरणले लगानीका लागि धेरै बाटा खुला गरेको छ।
वित्तीय जोखिम बोक्न हिँड्नु भएको छ। बुझाउन गाह्रो छ है ?
बुझाउन गाह्रो भन्दा पनि जुन किसिमको बुझाइ छ, त्यसलाई चिर्न चाहिँ गाह्रो छ। किनभने बुझाइ कस्तो छ भने बीमा डबल हुन्छ, रिस्कको पार्ट बीमितले कम हेर्नु भएको अवस्था छ। लगानीको यन्त्रका रुपमा मात्रै बुझिएको छ। बोनसभन्दा पनि रोग लाग्दा यस्तो दिन्छौँ भन्ने कुरा हाम्रो कम्पनीहरुले लिभिङ बेनिफिट दिन्छ भन्ने हामीले सुरु गर्यौ। जस्तो हामीले ल्याएको सही प्लानमा बोनश नै छैन। त्यो बोनशको कुरा चिर्न हामीलाई समय लागेको छ।
प्राथमिकता निर्धारण गरेर १० लाख भएकोले बीमा कम्पनीलाई के दिए भनेर सोच्ने हो, बचत, लगानी वा जोखिम ?
त्यो तीनवटै चिज हो। तर, प्राथमिकता जोखिम नै हो। केही हुँदा परिवारलाई चाहिने सपोर्टको कुरा हो। बीमा भनेको बीमाका लागि गर्नुपर्यो। विश्वमा टर्म किसिमका प्रडक्टमा पक्रिरहेको छ। हाम्रोमा बोनशकै कुरा छ।
बोनशको नाममा बीमितलाई झुक्याउनु हुन्छ है। ८५ भनेर बेच्नु हुन्छ पाउने ४५ हुन्छ। त्यत्रो ग्याप चाहिँ किन राख्नु भएको हो खास ?
यहाँले भन्न खोज्नु भएको पोलिसीको बोनशको रेन्ज हुन्छ। यो ग्याप चाहिँ फिक्स्ड डिपोजिटमा ६ महिनामा कम रेट छ, २–३ वर्षभन्दा बढी हुँदा त्यही अनुसार पाइन्छ। लाइफको टर्ममा पनि त्यही फिलोसोफी लागू हुने हो। होटलमा सबै होटलको कोठाको फरक दाम भएजस्तै हो। त्यसमा मात्रा र समयले असर गर्छ। मनी ब्याकमा बीमितले पैसा फिर्ता पाउनु भएको पनि हुन्छ, कम बोनश पाउनुहुन्छ। यसमा झुक्किने कुरा छैन जस्तो लाग्छ। बीमितले बोनश टेबल मात्र हेरेर बीमा किन्न हुन्न।
नागरिकले बुझ्ने गरी सर्तहरु राख्नु भएको हुन्न है ?
हामी यसमा क्लियर छौँ। कुनै पनि बीमितले नबुझी बीमा गर्दा फर्स्ट प्रिमियम आउँछ, रिन्यु हुँदैन। हाम्रो नाफा रिन्युमा हुने हो। त्यसले गर्दा हामीले विभिन्न भिडियो र सिम्पल ब्रोसर बनाएका छौँ। मोबाइल एपमा पनि प्रिमियम देखिन्छ। यो पारदर्शी छ।
आखिर जीवन बीमाको व्यवसाय संसारभर एजेन्ट राखेर संसारभर फोर्सफुल्ली बेच्ने रहेछ ?
त्यो पनि सही कुरा हो। विश्वमा नै यस्तै किसिमको अभ्यास छ। हामीले मार्केट कन्ट्रिब्युसन ४२ प्रतिशतको कुरा गर्छौं। बाहिर पनि यस्तै छ। केहीमा डबल पनि छ। बाहिर पनि एजेन्सीले नै सघाउने हो। त्योभन्दा पनि नेपालमा पछिल्लो ६–७ वर्षमा धेरै कुराहरु सुधार भएका छन्। पहिले बोनसको मात्रै कुरा हुन्थ्यो। अहिले नयाँ कसिमका प्रश्न पनि आउन थालेका छन्।
अभिकर्ता ब्याकबोनका रुपमा परिचालन गर्नु हुन्छ। एकाघर परिवारको बीमा नगर्दा चाहिँ कस्तो प्रभाव परेको छ ?
यसमा पहिलो पार्ट चाहिँ एउटामात्र कम्पनीमा काम गर्दा अभिकर्तालाई विश्वनीयता दिन्छ। कम्पनी परिवर्तनले समाजमा विश्वास घट्छ। उहाँहरुले पोलिसी र विश्वास पनि बेच्ने हो। अहिले जुन किसिमको नीति बनेको छ, त्यसले अभिकर्तालाई नै सघाउँछ। कुनै पनि अभिकर्ताले नजिकका नातेदारबाट सुरु गर्न पाउँछ तर रोग लागेका मान्छेका बीमा गराउनु भएन। इथिक्समा रहने हो भने आफ्नो घर, टोल र समाजमा गएर बीमा गरेको कुरा हामीले सुन्छौँ। केही घटना घट्न नदिन पनि यस्तो गरिएको होला प्राधिकरणले केही हदसम्म यसमा संशोधन गर्नुपर्छ होला।
अभिकर्ता पहिलो र्याडर हुन बीमामा, जोखिमांकन उहाँहरुले गर्ने हो। मिससेलिङ हुने सम्भावना कतिको हुन्छ ?
यस्तो छ पहिलो अन्डरराइटिङ अभिकर्ताहरुले नै गर्ने हो। तर, उहाँहरुले गरेको काममा हाम्रो टिमले पनि हेर्छ। उहाँहरु हाम्रो अभिन्न अंग पनि हो। प्राधिकरणले लाइसेन्स दिएर उहाँहरुले विश्वासकै आधारमा काम गर्ने हो। हामी सबै कम्पनीले विश्वास गर्दा पनि केही इन्टरनल रुपमा पनि हाम्रो स्टाफले पनि हेर्नुपर्छ। त्यसरी पोलिसी एसेप्ट हुन्छ।
क्लेममा आउने डिस्प्युटले कहिले–काहीँ दुःख दिन्छ है, तपाइँहरुलाई ?
यसमा चाहिँ कस्तो हुँदो रहेछ भने राम्रो सर्जनले १०० जनाको ज्यान बचाउँदा एकजनाको ज्यान गएको जस्तो हो। हवाईजहाजमा सबै सेफ्टी हुँदैन होला, कहीँ न कहीँ त त्यहाँ पनि समस्या आउँछ। सानो इस्युलाई क्लेम दिँदैन भन्ने कुराहरु आउँछ।
आमरुपमा क्लेममा ठूलो असन्तुष्टि छ। तपाइँको डाटामा त्यस्तो देखिन्न। यसलाई चिर्न नसक्नु तपाइँहरुको पनि कमजोरी होला नि ?
त्यसमा चाहिँ इन्स्योरेन्स कम्पनीहरुले आफ्नो काम गर्दागर्दै पनि व्यवसाय यति गरेँ, यति नाफा कमाएँ भन्ने समाचार हाइलाइट हुने तर हाम्रो क्लेम दिएको कुरा थाहा नभएर हो। कसैलाई चित्त दुखेर मिडियामै आएर होला। सूर्यज्योतिले ७५ करोडभन्दा बढी क्लेम त सेटल गरिसकेको छ, यही आर्थिक वर्षमा मात्रै।
क्लेम सेटलमेन्टको डिस्प्युट किन हुँदो रहेछ ?
लाइफ इन्स्योरेन्समा त्यस्तो छैन। एउटा प्रडक्टको कभरेज बाहिरको कुरा आउँदा भयो। यो प्राविधिक कुरा भयो। अर्को भनेको रोग लागेको अवस्थामा पनि बीमा भएको भए रिजेक्ट हुन्छ। नत्र प्राविधिक रुपमा अरु धेरै समस्या हुन्न। हामीले बीमितसँग सम्बन्धित केही सोधपुछ गर्नुपर्ने चाहिँ हुन सक्छ।
दाबी परेपछि १० ठाउँबाट १० थरी कागज मगाउनुपर्ने चलन छ नि ?
त्यो चाहिँ एउटा स्ट्यान्डर्ड प्रोसेस नै हो। जोखिमांकन गर्दा विभिन्न कागज चाहिएजस्तै हो।
यसलाई एक ठाउँबाटै एउटै र्याडरबाट गर्न सकिन्थ्यो कि ?
लस कस्तो भयो, त्यसमा डिपेन्ड गर्छ। दुर्घटनामा पुलिस पनि चाहिन्छ। कुनै पनि जीवन बीमा कम्पनीले दाबी नै ठूलो बजारीकरणको टुल मानेका छन्। ढिला दिएमा भ्यालु हुँदैन। हामीले छिटो दिएर बजारीकरण विकास गर्ने हो। कुनै कम्पनीले नदिऊ भन्दा पनि कसरी दिने भन्ने कुरा गरेका हुन्छन्।
दाबी भुक्तानीको सबै चेक केन्द्रबाटै हस्ताक्षर गरिनुपर्ने हो ?
बीमा कम्पनीहरू पब्लिक कम्पनी भएकाले त्यस्तो मोडेलबाट जानुपर्छ।
जस्तो हुम्ला, जुम्ला क्लेम सेटल गर्न ५० हजारको क्लेमका लागि आउन जान समस्या हुन्छ नि ?
अहिले प्राधिकरणले पनि (शाखा, उपशाखालाई) अधिकार प्रत्यायोजनको कुरा ल्याएको छ। आजको दिनमा यो धेरै ठाउँमा सेन्टरलाइज छ। आगामी दिनमा प्रदेशमा लाने हाम्रो सोचाइ छ। तर, अर्को तर्फ जसले बीमालेख बेच्ने काम गर्छ उसैले नै २–३ तीन विभागको काम गर्न नपाउने पनि छ। बीमा गराउनेले नै दाबी दिन मिल्दैैन। यस अर्थमा अहिले बीमा उद्योग धेरै परिपक्व बनेको अवस्था चाहिँ छ।
अब ए, बी, सी, डी, ईमा पुग्दा तपाइँको कम्पनी किन छान्ने ?
हामीले जुन किसिमको सर्भिस दिएका छौँ र जुन किसिमको प्रडक्ट ल्याएका छौँ, यो पनि मर्जरको एउटा सिनर्जी हो। घातक रोगको ३५ लाखसम्मको ५० घातक रोगका बीमा, बोनश नभएका तर जोखिम बहन र प्रतिफलका हिसाबले आकर्षक मानिने सावधिक बीमा योजना हाम्रोमा मात्रै छ। कम्पनीको विश्वसनीयता, दिगोपनमा हामी वान अफ द स्केलको कम्पनी मर्जरबाट बनिसकेका छौँ। सूर्यज्योतिको बाटो राइट ट्रयाकमा छ।
तपाइँहरुले धेरैलाई खुसी पार्नुपर्छ। लगानीकर्ता, प्राधिकरण, बीमित सबैलाई कसरी खुसी पार्नुहुन्छ ?
यो सीईओको जब डिस्क्रिप्सन नै हो। जीवन बीमाको हकमा अभिकर्ताहरु पनि की स्टेक हो। हामीले भावना,अंहकार छेऊ लगाएर व्यवसायीकरूपमा काम गर्नुपर्छ। कर्मचारीले धेरै सेवा सुविधा माग्ला, तर हामीले बीमितको हित पनि हेर्नुपर्छ। प्राधिकरणले पनि प्रुडेन्ट नै माग्ला तर यो चुनौतीपूर्ण भए पनि यसको एउटामात्रै उपाय भनेको व्यवसायीक भएर तर्कसंगत सोचेर काम गर्ने हो।
बीमा कम्पनीहरूबीच बजार हिस्साको कुरा गर्दा नम्बर फगत नम्बर मात्रै हो भन्दा पनि १०–११ प्रतिशतको ग्याप छ। तपाइँको कम्पनी आगामी दिनमा कहाँ हुन्छ, लगानीकर्तालाई दिने रिटर्न कस्तो हुन्छ ?
हाम्रो कम्पनी धेरै वटा सूचकमा शिर्ष पाँच र शिर्ष तीन कम्पनीको पोजिसनमा छ। प्रमुख कम्पनीको सूचीमा हामी पनि स्थापित छौँ। आगामी दिनमा शेयरधनीलाई प्रतिफल दिन सक्ने कुरा पनि छ। कुन कम्पनीको वास्तविकता के छ भन्ने रिस्क बेस्ड, एनएफआरएसले केही कुरामा लचकता पार्न सक्छ। यसको असर अहिले भन्न सकिन्न तर मर्जरले बनाएको पोर्टफोलियो, डिजिटलाइजेसनले राम्रो प्लेटफर्म बनेको छ।
लामो कुरा गरियो। केही छुटेका छन् भने प्लिज ?
६–७ वर्षमा बीमा उद्योगले धेरै ठूलो फड्को मारेको छ जस्तो मलाई लाग्छ। त्यसमा बीमा चेतना पनि बढ्यो। प्रोडक्टको इनोभेसन, विविधता भयो, त्यसमा सबैभन्दा ठूलो बीमा चेतना हो। त्यसमा प्राधिकरणले पनि धेरै गरेको छ। कम्पनीको काम पनि चेतना बढाउने नै हो र मिडियाले पनि धेरै साथ दिनु भएको छ।