काठमाडौं । शेयर बजार बुधबार पनि दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक २३.२५ अंकले २१७५.४० को विन्दुमा उक्लिएको छ।
बजार बढ्दा १९४ कम्पनीको शेयरभाउ बढेको छ। ४६ कम्पनीको शेयरभाउ घट्दा ५ वटाको स्थिर रहेको छ।
यो दिन पौने ६ अर्ब रुपैयाँबराबरको कारोबार भएको छ। सर्वाधिक कारोबार हाथवे इन्भेस्टमेन्ट भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी
- हाथवे इन्भेस्टमेन्टः १५ करोड ८ लाख रुपैयाँ
- जानकी फाइनान्सः १४ करोड ८२ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः ११ करोड ३९ लाख रुपैयाँ
- सीईडीबी हाइड्रोपावरः ९ करोड १४ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः ८ करोड ८० लाख रुपैयाँ
- माउन्टेन इनर्जीः ८ करोड ३४ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः ८ करोड ३० लाख रुपैयाँ
- सिद्धार्थ प्रिमियर इन्स्योरेन्सः ७ करोड ५५ लाख रुपैयाँ
- गुडविल फाइनान्सः ७ करोड १५ लाख रुपैयाँ
- एनआईसी एसिया लघुवित्तः ७ करोड ८ लाख रुपैयाँ