IME Life
GBIME

नेप्सेमा २३ अंकको बृद्धि हुँदा १९४ कम्पनीको शेयर भाउ बढ्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक २३ दशलमव २५ अंकले बढेर २,१७५ को विन्दुमा कायम भएको छ । आज १९४ कम्पनीको शेयर मूल्य बढेको छ भने ४६ कम्पनीको शेयर भाउ घटेको छ ।

आज दिनभरिमा ३२२ कम्पनीको १ करोड ५२ लाख ९६ हजार ७३९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७४ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आथवे इन्भेष्टमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १५ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जानकी फाइनान्सको १४ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ११ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै बलेफी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । एविएल डिबेञ्चरका इकाईधनीले ८ दशलमव ६६ प्रतिशतका दरले कमाएका छन् । सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले ८ दशलमव ३२ प्रतिशतका दरले कमाएका छन् । एसबिएल डिबेञ्चरका इकाईधनीले ८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै बुद्ध भुमी नेपालका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS