IME Life

महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्युआर पेमेन्ट सुविधाको निरन्तरता

SPIL
NIC ASIA new
Sanima Reliance
काठमाडौं । महालक्ष्मी विकास बैंकले फोन पे सँगको सहकार्यमा नेपाल आएका भारतीय नागरिकहरुलाई क्युआर मर्चेन्ट मार्फत भुक्तानी सेवा प्रदान गर्न मिल्ने अन्तरदेशीय क्युआर पेमेन्ट सुविधालाई निरन्तरता दिएको छ । यस अन्तर्गत भारतीय नागरिकहरुले भारतीय भुक्तानी सेवा प्रदायकहरु जस्तै भिमपे, पेटीएम, गुगलपे आदिको माध्यमबाट यस बैंकले उपलब्ध गराएको क्युआर कोडमा स्क्यान गरी नेपालका विभिन्न व्यापारिक स्टोरहरुमा तत्काल, सुरक्षित र सुविधाजनक तरिकाले भुक्तानी गर्न सक्नेछ्न ।
यस्ता कार्यबाट नेपाल र भारत बीच रहेको आर्थिक, सामाजिक तथा पारस्परिक सम्बन्धलाई थप नयाँ उचाईमा पु-याउन र नेपालको आर्थिक तथा पर्यटन विकासमा समेत सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । यस अघि पनि यस बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले नेपाल र भारत बिच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
साथै नेपाल आउने भारतीय पर्यटकहरुलाई लक्षित गरी उक्त सेवा अझ छिटो, छरितो र भरपर्दो रुपमा प्रदान गर्न यस बैंकले आफ्ना संस्थागत ग्राहकहरुसँग आवश्यक सहकार्य समेत  गर्नेछ । डिजिटल भुक्तानीका माध्यमहरुको नविनतम प्रयोग प्रति बैंक सँधै प्रतिबद्ध रहेको र नेपालभर रहेको शाखा सञ्जाल तथा मर्चेन्ट नेटर्वकको माध्यमबाट अन्तरदेशीय क्युआर भुक्तानीमा समेत अग्रणी सेवा प्रदायकको रुपमा स्थापित हुने विश्वास बैंकले लिएको छ ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ वटा शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS