Connect IPS
IME Life

गुरू ट्राभल्स र एनएमबि बैंकबीच व्यवसायिक सहकार्य

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी गुरू ट्राभल्स लिमिटेड तथा एनएमबि बैंकबीच व्यवसायिक सहकार्य भएको छ । उक्त कार्यका लागि एनएमबि बैंकको तर्फबाट प्रबन्धक एडीसी सेल्स निर्विक सापकोटा तथा गुरू ट्राभल्स लिमिटेडका प्रमुख सञ्चालक अधिकृत अनिल धरेलले एक कार्यक्रमका बीच सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सहमतिपत्रमा उल्लेख भए अनुसार एनएमबि बैंकका कर्मचारी तथा ग्राहकहरूलाई गुरू ट्राभल्सले विभिन्न ट्राभल प्याकेजहरुमा १० हजार रुपैयाँसम्मको विशेष छूटका साथै अन्य विभिन्न आकर्षक सुविधाहरू उपलब्ध गराउनेछ ।

Prabhu
Crest

गुरु ट्राभल्स लिमिटेडका कर्मचारी एवम् ग्राहकहरूले बैंकमा ट्राभलकार्ड तथा डलरकार्ड खरिदमा ५०० रुपैयाँ बराबरको विशेष छूटलगायत अन्य विविध सेवामा अफरहरू प्राप्त गर्ने छन् । त्यस्तै सामाजिक अभियानहरू तथा संस्थागत सामाजिक क्रियाकलापहरू पनि आपसी सहकार्य गरी समन्वयात्मक ढंगबाट गर्ने गराउने सहमति पनि भएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS