काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले माग गरेको विभिन्न पदका कर्मचारीका लागि दरखास्त पेश गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले डेपुटी चिफ एक्जुकेटिभ अफिसरका लागि एक जना, चिफ रिस्क अफिसरका लागि एक जना, विजनेश हेडका लागि १ जना, क्लुस्टर हेडका लागि केही, चाटर्ड एकाउन्टेन्टका लागि केही, ब्रान्च म्यानेजरका लागि केही, सेमी क्वालिफाइड सिएका लागि केही, रिलेशनसिप म्यानेजरका लागि केही, ट्रेनी असिस्टेन्टका लागि केही र गोल्ड टेष्टरका लागि २ जना कर्मचारी माग गरेको हो ।
बैंकले केन्द्रीय कार्यालय र आफ्ना विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेकाले आज असार २६ गते आवेदन दिन सक्नेछन् ।