काठमाडौं । असार २४ गते सोमबार नेप्से परिसूचक २१३६.३५ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ४.६२ अंकले घटेको छ।
४ अर्ब ५६ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ ।
ब्रोकर नम्बर ५८ बाट ६१ करोड २ लाखको कारोबार भएको छ जसमा ३० करोड ५५ लाखको खरीद छ भने ३० करोड ४७ लाखको विक्री छ । त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ३४ बाट २० करोड २५ लाखको खरीद छ भने १७ करोड २४ लाखको विक्री छ ।
आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये ४ ब्रोकरले खरिद धेरै गरेका छन् भने १ बाट विक्री धेरै भएको छ ।