काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले डिजिटल भुक्तानी प्रवद्र्धन गर्न विशेष उपहार योजना ल्याएको छ ।
डिजिटल वालेटमार्फत् नविकरण बीमाशुल्क भुक्तानी गर्दा हरेक दिन एकजना भाग्यशालीले एउटा छाता वा ब्याग उपहार पाउनेछन् ।
यसैगरी अफरको अन्तिममा घोषणा गरिने भाग्यशाली विजेताले १ थान एण्ड्रोइड मोबाइल सेट उपहार पाउनेछन् ।
इन्स्योरेन्सका अनुसार अनलाइन भुक्तानी माध्यम इसेवा, खल्ती, फोन पे,कनेक्ट आइपिएस, आइएमई पे, प्रभु पे र सेल पे मार्फत् नविकरण भुक्तानी गर्दा यो उपहार योजना लागू हुनेछ ।
यो योजना असार २४ देखि ३१ गतेसम्मका लागि यो योजना लागू हुने जानकारी दिएको छ ।