GBIME
IME Life

सिटिजन्स बैंकका ग्राहकले कावासोती हस्पिटलको सेवामा छुट पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल र नवलपुरको कावासोतीस्थित कावासोती हस्पिटलबीच विशेष छूट दिने सम्बन्धी समझदारी भएको भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् कम्पनीका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले कावासोती हस्पिटलका सेवाहरुमा २० प्रतिशतसम्मको आकर्षक छूट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट ग्राहकहरु लभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास कम्पनीले लिएको छ ।

SKYWELL
Crest

कम्पनीले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छूट सम्बन्धी विस्तृत विवरणहरू वेबसाइटमा प्राप्त गर्न सकिने कम्पनीले बताएको छ ।

कम्पनीले देशैभरी फैलिएका १९४ वटा शाखा, १५७ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट १७ लाख ६० हजार ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

हाल ५७ जिल्लामा सेवा प्रदान गर्दै उक्त कम्पनीले यसै आर्थिक वर्षमा थप तीन वटा शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने लक्ष्य रहेको बताएको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS