काठमाडौं । असार २३ गते आइतबार नेप्से परिसूचक २१४०.९७ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक २१.२७ अंकले बढेको छ।
६ अर्ब कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ । ब्रोकर नम्बर ५८ बाट ८० करोड ५१ लाखको कारोबार भएको छ जसमा ३९ करोड ९२ लाखको खरीद छ भने
४० करोड ५९ लाखको विक्री छ । त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४९ बाट २४ करोड ८१ लाखको खरीद छ भने २४ करोड ३ लाखको विक्री छ ।
आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये ३ ब्रोकरले खरिद धेरै गरेका छन् भने २ ले विक्री धेरै गरेका छन्।