GBIME
IME Life

सांसद मण्डलको नेतृत्वमा सुरु भयो सडक किनारमा वृक्षारोपण अभियान

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मोरङको प्रतिनिधिसभा क्षेत्र नम्बर ५ का स्वतन्त्र सांसद योगेन्द्र मण्डलले सडक किनारमा वृक्षारोपण अभियान सुरु गरेका छन् । मोरङको धनपालथान गाउँपालिका– ४ कर्सिया बजारदेखि भारतीय सीमा क्षेत्रसम्म पुग्ने सडकबाट उनले वृक्षारोपण अभियान सुरु गरेका हुन् ।शनिबार सांसद मण्डलको समन्वयमा जीवन विकास समाजले औपचारिक कार्यक्रम गरी अभियानको उद्घाटन गरिएको थियो ।

धनपालथान गाउँपालिका र मेट लाइफ इन्स्योरेन्सले सहयोग गरेको अभियान सञ्चालनका लागि थ्री जिरो क्लब र जीवन विकास लघुवित्त वित्तीय संस्थासँग सहकार्य गरिएको छ । पहिलो दिन शनिबार ५ सय विरुवा रोपिएको थियो । अभियानको पहिलो चरणमा क्षेत्र नम्बर ५ का सबै कालोपत्रे सडकको दाँया बाँया बिरुवा रोप्ने सांसद मण्डलको योजना छ । पृथ्वी बचाउने अभियान अन्तरगत कालोपत्रे सडकको किनारमा बिरुवा रोप्ने उनले बताए । कालोपत्रे सडक वातावरणीय हिसाबले हानिकारक रहेको बताउँदै उनले वातावरण संरक्षणका लागि सडक किनारमा वृक्षारोपण गर्न आग्रह गरे ।

SKYWELL
Crest

अभियान अन्तरगत सडक किनारमा रोपिएको बिरुवा संरक्षणका लागि सम्बन्धित क्षेत्रका स्थानीयलाई जिम्मेवार बनाइनेछ । सडकको किनाराका घर छेउछाउ फलफूलको विरुवा रोप्दा स्थानीयले संरक्षण गर्ने उनको भनाई छ । धनपालथान गाउँपालिका अध्यक्ष जिवछ प्रसाद गच्छदारले पृथ्वी बचाउ अभियान अन्तरगत पालिका भित्रका सडकमा रोपिएका बिरुवा संरक्षण गरेर हुर्काउने बताए । सडकमा रोपिएको बिरुवाको संरक्षणका लागि पालिकाले सबैसँग सहकार्य गरेर काम गर्ने जानकारी दिए ।

कोशी प्रदेश पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले प्रदेशमा वन विस्तारका लागि मन्त्रालयले काम गरिरहेको बताए । वृक्षारोपण र वातावरण संरक्षणका लागि मन्त्रालयले निरन्तर सहयोग गरिरहने उनको भनाई छ । जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले लघुवित्तले पनि वातावरण संरक्षणको क्षेत्रमा निरन्तर अभियान सञ्चालन गरिरहेको जानकारी दिए ।

शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्बन उत्सर्जनको लक्ष्यसहित थ्री जिरो क्लब गठन र सामाजिक कार्यमा युवा परिचालनका लागि काम गरिरहेको बताउँदै उनले रोपिएका विरुवालाई माया गरेर हुर्काउन आग्रह गरे ।

धनपालथान गाउँपालिकाका पूर्व प्रमुख हरिलाल सिंहले वृक्षरोपणसँगै संरक्षण अभियान सञ्चालन गर्न आग्रह गरे । मेट लाइफ इन्स्योरेन्सका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले स्वच्छ वातावरण अर्को पुस्तालाई हस्तान्तरणका लागि निरन्तर वृक्षरोपणसँगै संरक्षण आवश्यक रहेको बताए ।

अभियान उद्घाटनका क्रममा धनपालथान– ४ का वडा अध्यक्ष श्रीराम चौधरी र वडा नम्बर २ का अध्यक्ष पंकजकुमार मण्डलले आफ्नो वडा तहमा रोपिएको विरुवा संरक्षण गर्ने प्रतिवद्धता जनाए ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS