GBIME
IME Life

सिटिजन लाइफद्वारा घातक रोग बीमा दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितलाई घातक रोग देखिएपछि अस्पतालमै पुगेर उपचार निम्ति बीमा दाबी भुक्तानी गरेको छ । त्रिपुरेश्वर शाखा प्रवन्धक दिपक पोखरेल सहितको टोलिले त्रि.वि. शिक्षण अस्पताल, महाराजगंजमा पुगी रु २ लाख ४२ हजार एक सय पाँच रुपैया बराबरको चेक हस्तान्तरण गरेको हो ।

रामेछाप दोरम्बा घर भई हाल कागेश्वरी मनोहरा ९, काठमाडौंमा स्थायी बसोवास गर्ने कुनमाया श्रेष्ठ लाई घातक रोग अन्तर्गतको उपचार खर्च उपलब्ध गराइएको हो । उनले २ वर्ष अघी एजेन्सी रेशमलाल श्रेष्ठ मार्फत बीमा गराएको थिइन ।

SKYWELL
Crest

कार्यक्रमा कम्पनीका सि.एजेन्सी म्योनेजर गिता रायमाझी तथा एजेन्सी म्यानेजर हिरा कुमारी योञ्जन , शर्मिला टण्डन लगायतको उपस्थिती रहेको थियो । श्रेष्ठले आफु उपचाररत रहेको बेला बेडमै ल्याएर उपचार खर्च उपलब्ध गराएकोमा खुसी ब्यक्त गर्दै धन्यवाद दिइन ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

88%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

13%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS