GBIME
IME Life

जीवन बीमाका माध्यमबाट लाखौँ रोजगारीको सिर्जना गर्न सकिन्छ: रावत

SPIL
NIC ASIA new
Sanima Reliance

दिपक बहादुर रावत । पछिल्लो समय ‘रोजगार’ भन्ने शब्द नेपालजस्तो विकासोन्मुख देशका लागि महत्वपूर्ण रहँदै आइरहेको छ। आज हजारौँ मानिस रोजगारको अभावमा देश छोडेर विदेश गइरहेको हामीले देखेका छौँ। देशभित्र रहेका व्यक्तिहरु पनि बेरोजगारको चपेटामा परेको तथ्यांकहरुले देखाइरहेका छन्। बेला–बेलामा गइरहने प्राकृतिक विपत्ति, दुर्घटना, राजनीतिक स्थिति, भाइरल रोगको संक्रमक र देशबाहिर विदेशमा बेला–बेला हुने देश–देशबीचको द्वन्द्वले नेपालको रोजगारको स्थितिलाई प्रभाव पारी नै रहन्छ। यस्तो परिस्थितिले एकातिर व्यक्तिलाई व्यक्तिगत जोखिम हुन्छ भने उसले परिवार र घर चलाउन गरिरहेको रोजगारलाई पनि असर परेको हुन्छ।

यस्तो जटिल परिस्थितिबाट व्यक्ति, परिवार, समुदाय र देशलाई माथि उठाउन जीवन बीमा एउटा महत्वपूर्ण विकल्प हुन सक्छ। जीवन बीमा भनेको भोलि आइपर्ने जोखिमका लागि छुट्याएर राखिने कोष हो। किनभने भोलि के हुन्छ ? कसैले देखेको हुँदैन। मृत्यु, अपांगता, रोग, भोक, वृद्धावस्था भनेको जोखिमपूर्ण अवस्था हो। यस्तो अवस्थामा त्यस व्यक्तिलाई सो बखत धेरै रकमको आवश्यकता पर्छ भने अर्कोतिर जोखिमपूर्ण परिस्थितिले उसले र उसको परिवारले गरी खाइरहेको व्यवसाय वा रोजगारलाई समेत असर परेको हुन्छ। फलस्वरुप सो परिवार नराम्रोसँग आर्थिक चपेटामा परेको हुन्छ। यस्तो भयावह परिस्थितिको उद्धार गर्ने एकमात्र क्षेत्र भनेको जीवन बीमामात्र हो।

SKYWELL
Crest

मानिसले सुखमा हजारौँबाट सहयोग पाउन सक्छ। किनकि सहयोग लगानी सुखमा फिर्ता पाउने ग्यारेन्टी हुन्छ। तर, दुःखमा सहयोग र लगानी फिर्ता पाउने ग्यारेन्टी नहुने भएकोले मानिसले सो बेला मद्दत गर्दैनन्। त्यसैले खराब परिस्थितिमा पनि आफू र आफ्नो परिवारको भविष्य ग्यारेन्टी गर्ने भएकोले उक्त व्यक्ति र परिवारका लागि जीवन बीमा एउटा महत्वपूर्ण औजार हुन सक्छ। त्यतिमात्र नभएर आज नेपालमा दसौँ हजार कर्मचारीका रुपमा, लाखौँ अभिकर्ताका रुपमा र करोडौँ जनता लगानीकर्ताका रुपमा यस क्षेत्रबाट लाभान्वित भइरहेका छन्। आफूले कमाएको पैसाबाट केही पैसा बचाएर बीमामा बचत गरी लगानीकर्ताका रुपमा फाइदा लिएका छन् भने सो बचत रकम अर्को व्यक्तिले व्यवसाय गर्न पुँजीका रुपमा प्राप्त गरी व्यवसाय गरेर आफ्नो परिवारमात्र पालेका छैनन्, लाखौँलाई काम दिएर रोजगार सिर्जना भएको छ।

अतः रोजगारीको सिर्जनाका साथै जीवन बीमा सबै क्षेत्रको विकासको एउटा माध्यम भएकोले यस क्षेत्रको विकासका लागि हामी सबैले आ–आफ्नो ठाउँबाट योगदान दिन जरुरी रहेको छ।

बीमा नगरे के हुन्छ ?

  • बचत हुँदैन। आफूसँग भएको पैसा घरमा राखिन्छ। त्यो पैसा यता–त्यता गरेर मासिन्छ। बचत नभएपछि गरिबको गरिबी नै भइन्छ।
  • बचत नभएपछि अतिरिक्त ब्याज आउँदैन। सधैँ अभावै–अभावमा जिन्दगी जान्छ। स्ट्यान्डर्ड लाइफ जिउन पाइँदैन।
  • कहिले–काहीँ पैसाको साह्रै खाँचो परे आफूसँग नभएपछि ३–४ रुपैयाँ ब्याजमा पैसा खोज्नुपर्छ। आफूले कमाएको पेसा जति अरुलाई ब्याज तिर्दै ठिक्क हुन्छ।
  • पैसा भनेजति जम्मा नभएको खण्डमा भविष्यको डर हुन्छ। भविष्यमा पैसा नभए कसले हेर्ला भन्ने पीर–चिन्ताले सताउँछ। चिन्ताले चितासम्म पुर्याउन बेर लाग्दैन।
  • बीमा नगरे छोरा–छोरीको भर पर्नुपर्छ। भोलि छोरा–छोरीले हेरिदिएनन् भने घरको न घाटको भइन्छ।
  • आफूसँग पैसा नभए भोलि बुढेसकालमा छोरा–बुहारीको माया–सम्मान पाइँदैन। भ्यालु कम हुन्छ।
  • भोलि बुढेसकालमा आफूलाई मन लागेको कुरा खान, मन लागेको कुरा लगाउन र मन लागेको ठाउँमा जान पाइँदैन। मन मार्नुपर्छ।
  • बीमा नगरे आफू मरेपछि छोरा–छोरी बिचल्ली हुन्छन्। आफ्नो बच्चाको पढाइ आर्थिक अभावले पूरा हुँदैन।
  • रोग लागेको खण्डमा पैसाका कारण उपचार अभावमा मर्नुपर्ने अवस्था सिर्जना हुन सक्छ।
  • दुर्घटना भएर हस्पिटल भर्ना भएको खण्डमा उपचार खर्चका लागि ऋण लिनुपर्छ। पछि त्यही ऋणले घर–खेत लैजान्छ।
    अपांग भएको खण्डमा खाना, उपचार र अरु खर्चका लागि परिवारलाई आफन्त साथीभाइसँग भिखका लागि याचना गर्नुपर्छ।

समग्रमा बीमा नगर्नु भनेको भोलिको भविष्य अन्धकारमा राख्नु हो। विपत्तिलाई निम्त्याउनु हो। आफू, आफ्नो परिवार र समाजलाई दुःखमा राख्नु हो।

त्यसैले आजै नजिकैको अभिकर्तालाई सम्पर्क गरेर आफ्नो बीमा गरी बीमा कम्पनीमा बचत गरौँ। बीमा सबैका लागि अपरिहार्य छ।

बीमा किन गर्ने ? यस्ता छन् फाइदा

जीवन बीमा किन गर्ने भन्ने एक महत्वपूर्ण सवाल अझै पनि नेपाली समाजमा प्रशस्त भेटिन्छन् । बीमालाई धेरै मानिसले बुझेका छैनन्, बुझनेले पनि गलत रुपमा बुझेको पाइन्छ । अझै पनि बीमालार्ई जुवाका रुपमा बुझ्नेहरु पनि छन् । तर बीमा कम्पनीहरु यी हुन्, बीमा कम्पनीहरु नेपालको बीमा ऐन तथा कम्पनी ऐनअनुसार स्थापित हुन्छन् र तिनलाई सरकारको स्वायत्त नियमनकारी निकाय बीमा समितिले नियमन, अनुगमन र नियन्त्रण गर्ने गर्दछ । कम्पनी पैसा लिएर भाग्न सक्दैन । यी कम्पनीहरु भरपर्दो र विश्वासिला हुन्छन् । बीमा कम्पनी आफैंले पनि पुनः बीमा गरेको हुन्छ । जसका कारण प्राकृतिक प्राकोपलगायत दुर्घटनामा कम्पनी परे के हुन्छ कि भन्ने चिन्ता लिनुपर्दैन ।

बीमा जोखिम व्यवथापनको एक महत्वपूर्ण औजार हो । बीमितले आफ्नो जीवन, सम्पति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्तरण गर्ने प्रक्रिया नै बीमा हो । मानविय समाजमा विपत्ति, जोखिमका अनेकौँ सम्भावना जहीँको तहीँ रहेका हुन्छन् । जुन विपत्ति, जोखिम अहिले, आज, भरे, भोलि जतिखेर पनि हन सक्छ । अथवा दुर्घना अनिश्चित हुन्छ । जोखिम वा आपत विपद कति बेला आउँछ कसैलाई थाहा हुदैन् । त्यसैले पनि बीमा सबै र सधैका लागि अपरिहार्य नै मानिन्छ ।

अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्न उपयुक्त माध्यम भनेको बीमा हो । अनिश्चित जोखिम, दुघर्टनाले ग्रसित भएका व्यक्ति वा संस्थाले आफ्नो जोखिम अनुरुप निश्चित बीमा शुल्क बुझाई घटना भएमा क्षतिपूर्ति प्राप्त गर्ने सर्तसहित बीमा योजना खरिद गर्न सक्छन् । बीमा दुई पक्षबीचमा हुने लिखित सम्झौता पनि हो ।

बीमा गर्दा बीमा कम्पनी र बीमा गर्ने व्यक्तिका बीचमा गरिने सम्झौता हो । यस प्रक्रियामा बीमितको जोखिमको क्षतिपूर्तिको भार बीमाको माध्यमबाट बीमकमा हस्तान्तरण गरिन्छ । बीमा निश्चित अवधिका लागी गरिन्छ । उक्त अवधिमा बीमितको क्षति भएको कम्पनीले क्षतिपूर्ति भुक्तानी गर्छन् । बचत गर्न प्रोत्साहनः जीवन बीमाले मानिसलाई रकम बचत गराउन प्रोत्साहन गर्छ । खाइ–नखाइ कमाएको सम्पत्तिको संरक्षण गर्न र पछि हुनसक्ने दुर्घटनाबाट बच्न आफू सचेत हुन प्रोत्साहन गर्छ । बैंकमा जम्मा गरिएको रकमलाई सानोतिनो काम पर्दा निकाल्न सकिन्छ तर बीमा कम्पनीमा जम्मा गरेको रकम अवधि पूरा नहुन्जेलसम्म झिक्न नपाइने भएकोले रकम बचत भइरहनुका साथै बोनसका रुपमा ब्याज बढिरहने भएकोले बीमा गर्दा बचतको लागि प्रोत्साहन मिल्छ ।

जोखिम न्यूनीकरण हुन्छः जीवन बीमा मानिसको जीवनमा हुने जोखिमविरुद्ध गरिन्छ । जीवनमा जुनसुकै बेला जे पनि हुन सक्छ । बीमा गर्दा बीमकलाई जोखिम हस्तान्तरण हुने हुँदा विपत्ति पछिको आर्थिक नोक्सानको भर्पाइ पाइन्छ ।

भविष्यको आर्थिक सुरक्षाः जीवन बीमा आफैँमा एक लामो करार हो । कुनै निश्चित समय निर्धारण गरी बीमित पक्षले त्यो अवधिसम्म किस्ता तिर्नुपर्छ र अन्त्यमा बोनससहित भूक्तानी पाउँछ, जसले गर्दा भविष्य सुनिश्चित हुन्छ ।

बीमितको मृत्युपछि आर्थिक संकटमा राहतः हाम्रोजस्तो मुलुकमा यसको महत्व अझै बढी देखिन्छ । कतिपय परिवारको आयस्रोतको बाटो भनेकै एउटा व्यक्तिमात्र हुन्छ । कुनै कारणले निजको मृत्यु भयो भने उसको घरपरिवार संकटमा पर्ने अवस्था हुन्छ । तर, उसले जीवन बीमा गरेको छ भने उसको मृत्युपछि पनि उसका परिवारले बीमालेखअनुसारको रकम प्राप्त गर्दछ । यसले गर्दा परिवारलाई ठूलो आर्थिक सहायता मिल्छ । बीमा कम्पनीबाट प्राप्त रकमले परिवार आफ्नो जीविका चलाउन सक्छ ।

आयकरमा छुटः बीमा गर्दा तिरेको बीमाशुल्कमा आफ्नो कुल आयबाट घटाएर बाँकी रकममा मात्र आयकर लाग्छ । ४० हजार रुपैयाँसम्मको आयमा आयकर छुट प्राप्त हुने हुँदा बीमितले त्यहाँबाट पनि लाभ लिन सक्छन् ।

बूढेसकाल तथा शारीरिक अशक्त हुँदाको साथीः निश्चित अवधिसम्म बीमा प्रिमियम तिरेर त्यसपछि निश्चित समयसम्म पेन्सनसरह आम्दानी लिन सक्ने योजना पनि छन् । यस्तो बीमा गरेमा बूढेसकाल र अप्ठ्यारो परिस्थितिमा पनि आर्थिक अभाव हुँदैन ।

सम्पत्ति धितो विना ऋण पाइनेः जीवन बीमा गर्दा बीमितले अन्य कुनै सम्पत्ति नभई बीमा पोलिसी नै धितो राखी ऋण प्राप्त गर्न सक्छन् । बीमा प्रारम्भ भएको ३ वर्षपछि बीमकले आफूले तिरेको बीमाको ९० प्रतिशतसम्म ऋण लिन सक्छ, जसले अप्ठ्यारो परिस्थितिलाई सहज बनाउन सकिन्छ । ऋण लिई बीमितले कुनै व्यवसाय सुरु गरी लाभ लिन सक्छ ।

सामाजिक प्रतिष्ठामा वृद्धिः बीमा गर्ने मानिसको समाजमा छुट्टै प्रकारको प्रतिष्ठा हुन्छ। किनकि बीमा गर्ने मानिस निश्चिन्त र ढुक्क हुन्छ । भविष्यप्रति विभिन्न प्रकारका प्रलेख बीमा गराएर ऊ ढुक्क भएको हुन्छ र वृद्ध अवस्थामा पनि आनन्दले दिन बिताउन सक्छ ।

शिक्षा, दिक्षा र विवाहको व्यवस्थाः आफ्ना छोराछोरीलाई शिक्षादीक्षाको व्यवस्था गराउनका साथै विवाहको प्रबन्ध मिलाउनको निम्ति ठूलो खर्च आईलाग्ने भएकोले बाबु–आमालाई यसको बोझ हल्का गराउन बीमामा संरक्षित रकमको अनुपातमा कर्जाको व्यवस्था हुन्छ । छोराछोरीको उच्च शिक्षा अथवा विदेश गएर पढ्न चाहानालाई यसले ठूलो सहयोग गर्छ । अथवा विवाह, ब्रतबन्ध वा कुनै सांस्कृतिक कार्यक्रम गर्नका लागि पनि यसले ठूलो मद्दत गर्छ ।

लाभदायक लगानीः जीवन बीमा जीवन सुरक्षाको उपाय साथै यो एक प्रकारको लगानी पनि हो। तोकिएको समयभन्दा अगाडि नै बीमा गर्ने मानिसको मृत्यु भएमा उसले इच्छाएको व्यक्ति वा आश्रित परिवारलाई एकमुष्ट रकम प्रदान गर्छ। यो रकम मूल बीमा रकम र त्यसको सो अवधिमा पाकेको ब्याजसहित कम्पनीले फर्काइदिन्छ । यो रकमलाई कुनै लाभदायक काममा लगाउन सकिन्छ ।

(रावत सुर्खेत जिल्लाको गुर्भकोटस्थित आईएमई लाइफ इन्स्योरेन्स कम्पनी मेहेलकुना शाखाका प्रमुख हुन्। उनी लामो समयदेखि बीमा क्षेत्रमा सक्रिय छन्।)

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

86%

खुसी

14%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS