Connect IPS
IME Life

आईडीएफसी फर्स्ट बैंकमा एलआईसीले बढायो हिस्सेदारी, के हो कारण ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भारतीय जीवन बीमा निगम (एलआईसी) ले निजी क्षेत्रको आईडीएफसी फर्स्ट बैंकमा आफ्नो हिस्सेदारी बढाएको छ।

भारतको सबैभन्दा ठूलो बीमा कम्पनीले बिहीबार (जुलाई ४) मा आईडीएफसी फर्स्ट बैंकमा शेयर स्वामित्व ०.२० प्रतिशतले बढाएको हो। योसँगै आइडीएफसी फर्स्ट बैंकमा एलआईसीको हिस्सेदारी बढेर २.६८ प्रतिशत पुगेको छ।

Prabhu
Crest

एक्सचेन्ज फाइलिङ अनुसारका कम्पनीले प्राइभेट प्लेसमेन्ट अफर (पीपीओ) मार्फत प्रतिशेयर भारु ८०.६३ लगानी गरी बैंकमा आफ्नो शेयर स्वामित्व बढाएको छ। एलआईसीले प्राथमिकताका आधारमा आईडीएफसी फर्स्ट बैंकमा १.४२ करोड कित्ता शेयरले बढाएर २०.०२ करोड कित्ता शेयर पुर्याएको छ। योसँगै आईडीएफसी फर्स्ट बैंकमा सार्वजनिक क्षेत्रको बीमा कम्पनीको लगानी प्रतिशेयर ८०.६३ रुपैयाँका दरले २.६८ प्रतिशत पुगेको छ।

एलआईसीका अनुसार कम्पनीले लगानी उद्देश्यका लागि आईडीएफसी फर्स्ट बैंकमा आफ्नो हिस्सेदारी बढाएको हो। भारतीय शेयर बजारमा बिहीबार २.२४ प्रतिशत अर्थात भारु २२.१० ले बढेर एलआईसीको शेयरभाउ भारु १०१०.३० पुगेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS