Connect IPS
IME Life

पाइलटले उडान नभर्ने चेतावनी दिएपछि सुरक्षाको प्रबन्ध मिलाउँदै उड्ययन प्राधिकरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हेलिकप्टर चालक(पाइलट) हरूले असुरक्षाको कारण देखाउँदै भक्तपुरको नलिनचोकस्थित नवनिर्मित हेलिपोर्टबाट उडान नभर्ने चेतावनी दिएपछि नागरिक उड्ययन प्राधिकरणले सुरक्षाको प्रबन्ध मिलाउने तयारी गरेको छ।

विमान चालकहरूले हेलिपोर्टमा असुरक्षाका कारण उडान गर्न नसकिने भन्दै गत प्राधिकरणमा आइतबार निवेदन दिएका थिए ।

Prabhu
Crest

हेलिपोर्टको सुरक्षाका लागि १०० जना प्रहरी सहितको सुरक्षा बेस राख्नका लागि प्राधिकरणले घर बहालमा लिन सार्वजनिक सूचना प्रकाशन गरेको छ । प्राधिकरणले बिहीबार प्रकाशन गरेको सूचनामा हेलिपोर्टबाट १०० मिटर दूरीमा कम्तीमा ११ कोठा भएको भवन बहालमा दिन इच्छुक घरधनीसँग प्रस्ताव आह्वान गरेको छ ।

तत्कालै एकैपटक ११ वटा कोठा उपलब्ध गराउन नसक्ने भए हाललाई कतिवटासम्म कोठा उपलब्ध गराउन सकिन्छ, सो उल्लेख गरि प्रस्ताव पेश गर्न सकिने प्राधिकरणले सूचनामा उल्लेख गरेको छ। प्राधिकरणले सात दिनभित्र प्राधिकरणको कार्यालयमा लिखित प्रस्ताव पेश गर्न अनुरोध गरेको छ ।

उड्डयन प्राधिकरणले असार ७ गतेदेखि हेलिपोर्ट सञ्चालनमा ल्याएको हो । काठमाडाैं उपत्यकाबाट उडान भर्ने हेलिकप्टर विश्राम, उडान र अवतरण गर्ने प्रयोजनका लागि यो हेलिपोर्ट सञ्चालनमा ल्याइएको हो ।

हेलिपोर्ट परिसरमा हेलिप्याड र सुरक्षा पर्खालको दूरी एकदमै थोरै भएको, नजिकै हाइटेन्शन तार सहितको पोल रहेको,पोर्टसँग ज्यादै नजिकै बहुतल्ले आवासीय भवनहरू रहेकाले उडान र अवतरणका लागि पोर्ट असुरक्षित रहेको निष्कर्ष पाइलटहरूले निकालेका थिए । उडान र अवतरणका लागि हेलिपोर्टको आसपास १०० मिटरको दूरीसम्म खुल्ला हुनुपर्छ।

हेलिपोर्टमा प्राधिकरणले सुरक्षा प्रयोजनका लागि कार्गो र यात्रु जाँच्ने स्क्यानर मेशिन जडान गरेको छैन। यात्रुको विश्रामका लागि विश्राम कक्ष र हेलिकप्टर कम्पनीको कार्यालय सञ्चालनका लागि कार्यालय कोठा समेत प्राधिकरणले उपलब्ध गराएको छैन ।

इन्धनका लागि छैन व्यवस्थाः

हेलिपोर्टबाट उडान भर्ने हेलिकप्टरका लागि हेलिपोर्टमा इन्धन भण्डारणको व्यवस्था छैन। हेलिकप्टर कम्पनी उडानका लागि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन डिप्पोबाट इन्धन लैजानुपर्ने बाध्यता छ। उच्च प्रज्वलनशील पदार्थ असुरक्षितरूपमा ओसारपसार गर्दा कुनै पनि समयमा अप्रिय घटना हुन सक्ने जोखिम छ।

अग्नी नियन्त्रका लागि हेलिपोर्ट परिसरमा कुनै पनि उपकरण जडान गरिएको छैन । वारूण यन्त्र पनि छैन ।  आगलागीको कुनै घटना भइ हाले भक्तपुर नगरपालिकाको दमकल कुर्नुपर्ने अवस्था छ। नजिकै आवासीय भवनहरू भएकाले प्रज्वलनशील पदार्थ बोक्ने हेलिकप्टरमा आगलागीको कुनै घटना भएको अवस्थामा मानवबस्ती समेत जोखिममा पर्नेछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS