Connect IPS
IME Life

एउटा मात्रै सहकारी संस्थाको सञ्चालक बन्न निर्देशन, नत्र कारबाही

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सहकारी संस्थाहरुमा सञ्चालक बन्नका लागि सहकारी विभागले कठोर निर्देशन दिएका जारी गरेको छ। विभागले आज सबै सहकारी संघसंस्थाहरुका नाममा परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो।

सहकारी ऐन, २०७४ को दफा (४१) को उपदफा (५) मा कुनै एक व्यक्ति एकै समयमा एकमात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था छ। सोही व्यवस्थालाई टेकेर विभागले यदि कुनै व्यक्ति दुई वा सोभन्दा बढी सहकारी संस्थाको सञ्चालक रहेको भए यो निर्देशन जारी भएको ३० दिनभित्र एउटामात्रै संस्थाको सञ्चालक पद कायम राखी अन्यत्रको त्याग्न निर्देशन दिएको छ। अन्यथा कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने विभागले चेतावनी दिएको छ।

Prabhu
Crest

यस सन्दर्भमा सहकारी संस्था भन्नाले संस्था वा संघ सम्झिनुपर्ने विभागले स्पष्ट पारेको छ। यो शब्दले सहकारी बैंकलाई समेत जनाउने विभागले प्रस्ट्याएको छ।

यसैगरी सञ्चालक भन्नाले सहकारी ऐनको दफा (४१) को उपदफा (१) बमोजिम सञ्चालक समितिको सदस्य सम्झनुपर्ने र यो शब्दले समितिको पदाधिकारीलाई समेत जनाउने विभागको भनाइ छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS