Connect IPS
IME Life

बीमाको करोडौँ रकम कुम्ल्याउन आफ्नै सुन पसलमा चोरी, चितवन प्रहरीले गर्यो पर्दाफास

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमाको करोडौँ रकम कुम्ल्याउन चितवनमा एक व्यक्तिले आफ्नै सुन पसलमा चोरी घटना घटाएका छन्। तर, बीमाको रकम हत्याउने ती व्यक्ति गरेको योजना सफल हुन भने पाएन। जिल्ला प्रहरी कार्यालय चितवनले घटनाको सूक्ष्म ढंगले अध्ययन गर्दै यो घटनामा संलग्न सुन पसल सञ्चालकसहित ५ जनालाई पक्राउ गरेको छ।

घटना हो चितवनको कालिका नगरपालिका–६ खोले सिमलको। त्यहाँ स्थानीय तेजप्रसाद खनालको घरको पहिलो तलनामा विनोद सुनारले विनोद सुनचाँदी पसल सञ्चालन गरेका थिए। पसलको व्यवस्थापकमा विजय विश्वकर्मा र अर्का कर्मचारी बापीधर गौतम थिए।

Prabhu
Crest

चोरीको घटना गत असार १ गते राति करिब साढे ८ बजे घटेको हो। नम्बर नखलेको मोटरसाइकलमा चढेर आएका दुईजना आज्ञात व्यक्तिले विश्वकर्मा र गौतमलाई नियन्त्रणमा लिएर सुन पसलबाट २ करोड १७ लाख ५० हजार रुपैयाँ बढीको सुनका गरगहना चोरी गरेर भागे।

भोलिपल्ट यो घटनाको उजुरी पसल सञ्चालक सुनारले जिल्ला प्रहरी कार्यालयमा दिए। प्रहरीले अनुसन्धान गर्दै जाँदा सञ्चालक सुनारकै योजनामा बीमा रकम कुम्ल्याउन यो चोरीको घटना घटाइएको तथ्य बाहिर आएको छ। यो घटनामा संलग्न पाँचैजनालाई मंगलबार पक्राउ गरी चितवन प्रहरीले सार्वजनिक गरेको छ। उनीहरुलाई इलाका प्रहरी कार्यालय टाँडीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरिएको थियो।

पक्राउ पर्नेमा पसल सञ्चालक सुनार, व्यवस्थापक विश्वकर्मा, पूर्णबहादुर विश्वकर्मा, पवनकुमार पासवान र अन्जना पुडासैनी केसी छन्। यो योजनाअन्तर्गत पूर्णबहादुर र पवनकुमारले पसलमा लुटपाट मच्चाएका थिए भने अन्जनाको घरमा लगेर लुटिएको सुनका गरगहना लुकाइएको पाइएको चितवन प्रहरीले जनाएको छ।

पसल सञ्चालक सुनार स्वमंले झुटा चोरी तथा लुटपाट गर्ने योजना बनाई बीमा रकम ठगी तथा विभिन्न व्यक्तिबाट लिएको ऋण रकमहरु चोरी भएको देखाई जालसाजी गरी फाइदा लिने मनसायले लुटपाट मच्चाएको प्रहरीले जनाएको छ। उनले लुटपाटका लागि पूर्णबहादुरलाई जिम्मा दिएको र पूर्णबहादुरले पवनकुमारको सहयोगमा लुटपाट मच्चाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

पसलका व्यवस्थापक विश्वकर्माले चोरी गर्न आउनेहरुलाई सहयोग गरेको प्रहरीको ठहर छ। ‘चोरी गरी लगेको सुन गहना लुकाउनका लागि सञ्चालक सुनारले बताएबमोजिम अन्जनाको घरमा लुकाइएको पाइयो, अनुसन्धानकै क्रममा अन्जनाको घरमा छापामा मार्दा चोरीका सुनका गहना र केही नगद रकम फेला परेको छ’, जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी भेषराज रिजालले इन्स्योरेन्स खबरलाई भने, ‘ जिल्ला अदालतबाट ६ दिन म्याद थप गरी हाल पाँचैजनालाई इलाका प्रहरी कार्यालय टाँडीको हिरासतमा थप अनुसन्धान गरिरहेका छौँ।’

डीएसपी रिजालका अनुसार सुनारले खोले सिमलमै रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको शाखाबाट केही महिनाअघि मात्रै आफ्नो पसल र घरको साढे २ करोडको बीमा गरेको पाइएको छ। ‘घटनापछि सुनारले कम्पनीको शाखामा गएर बीमा दाबी प्रक्रिया पनि अघि बढाएका थिए’, उनले भने, ‘तर, बीमा दाबी भुक्तानी हुन अगावै हामीले यो घटनाको पर्दाफास गरेका छौँ। बीमा कम्पनीको ठूलो धनराशि जोगिएको छ।’

अनुसन्धानका क्रममा बीमा रकम कुम्ल्याउने मनशाय देखिएको डीएसपी रिजालले बताए। ‘तर, सुनारको योजना सफल हुन पाएन’, उनले भने, ‘यो घटनामा अन्यको पनि संलग्न हुन सक्ने देखिएर थप छानबिन गरिरहेका छौँ।’

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS