Connect IPS
IME Life

बैंकहरुमा रु. ८ अर्ब थपिँदा रु. ३ अर्ब बाहिरियो, सीडी र अन्तरबैंक ब्याजदर कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंक तथा वित्तीय संस्था निक्षेप र कर्जा लगानी दुवै बढेको छ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार असार १६ गते एकैदिन बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ८ अर्ब रुपैयाँले बढेर ६३ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६३ खर्ब २७ अब रुपैयाँ थियो।

Prabhu
Crest

असार १६ गते वाणिज्य बैंकहरुको मात्रै कुल निक्षेप ८ अर्ब रुपैयाँले बढेर ५६ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिन वाणिज्य बैंकहरुको कुल निक्षेप ५६ खर्ब ५ अर्ब रुपैयाँ थियो।

असार १६ मा बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी पनि ३ अर्ब रुपैयाँले बढेर ५१ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ५१ खर्ब ४६ अर्ब रुपैयाँ थियो। यो १ दिनमा वाणिज्य बैंकहरुको पनि कुल कर्जा लगानी पनि ३ अर्ब रुपैयाँले बढेर ४५ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको छ।

असार १६ मा बैंकहरुको औसत सीडी रेसियो घटेर ७९.१८ प्रतिशत र अन्तबैंक ब्याजदर बढेर ३ प्रतिशत कायम भएको छ। अघिल्लो दिनसम्म सीडी रेसियो ७९.२२ प्रतिशत र अन्तरबैंक ब्याजदर २.९१ प्रतिशत थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS