काठमाडौं । सरकारले नुनको भाउ बढाएको छ। किलोमा ३० प्रतिशतले नुनको भाउ बढेको हो।
साल्ट ट्रेडिङ कर्पोरेसनको मंगलबार बसेको सञ्चालक समितिको बैठकले नुनको भाउ बढाउने निर्णय गरेको हो। अब आयो नुनको उपभोक्ता मूल्य प्रतिकिलो २६ रुपैयाँ पर्नेछ। यसअघि प्रतिकिलो २० रुपैयाँ थियो।
यसअघि साल्ट ट्रेडिङ आयो नुन थोक मूल्य प्रतिकिलो १८.५० रुपैयाँमा बेचिरहेको थियो। थोक मूल्य बढाएर अब प्रतिकिलो २३ रुपैयाँ पुर्याइएको छ।
यसैगरी न्यु शक्ति नुनको मूल्य बढाएर थोक बिक्री मूल्य १७ रुपैयाँ र उपभोक्ता मूल्य २० रुपैयाँ पुर्याइएको छ। भानु नुनको अब उपभोक्ता मूल्य ९ रुपैयाँ पर्ने साल्ट ट्रेडिङले जनाएको छ।