Connect IPS
IME Life

ब्राण्डिङ क्याम्पियनः ढुक ढुक हैन, ढुक्क होऔँ, प्रभु महालक्ष्मी लाइफबाटै बीमा गरौं

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले “ढुक ढुक हैन, ढुक्क होऔँ, प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौं” भन्ने ब्राण्डिङ क्याम्पियन ल्याएको छ । साविकका प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच एक आपसमा गाभिएको केही समय पछि कम्पनीले उक्त क्याम्पियन ल्याएको हो ।

जीवनमा हरपल हुन सक्ने आर्थिक अनिश्चितताको ढुक ढुकलाई जीवन बीमा मार्फत प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ढुक्क हुने परिस्थिति सिर्जना गर्नका लागि उक्त क्याम्पियन संचालन गरेको हो । यही यथार्थलाई विज्ञापनको माध्यमबाट आम नागरिकमा सचेतना जगाउने र कम्पनीको प्रचार प्रसार गर्ने लक्ष्य लिएको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले जनाएको छ ।

Prabhu
Crest

कम्पनीका ब्राण्ड एम्बेसेडर रहेका प्रसिद्ध कलाकार मनोज गजुरेललाई यो “ढुक ढुक हैन, ढुक्क होऔँ, प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौं ” भन्ने ब्राण्डिङ क्याम्पियनको प्रमुख भूमिकामा अनुबन्ध गरेको कम्पनीले जनाएको छ ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहकहरूलाई जीवन बीमाको माध्यमबाट आर्थिक सुरक्षा र निश्चिन्तता प्रदान गर्न समर्पित छ भन्ने सन्देशलाई अझ सुदृढ गर्न यो क्याम्पियन अघि सारेको समेत कम्पनकिो भनाई छ ।

जीवन बीमा गरेर ढुक्कको जिन्दगी जिउन सकिने कुरालाई उठान गरेको प्रचार सामग्रीहरुले जनमानसमा सकारात्मक प्रभाव पर्नेमा कम्पनी विश्वस्त रहेको छ । यस क्याम्पियनले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका साथ साथै जीवन बीमा व्यवसाय प्रति नै सकारात्मक प्रभाव पर्ने कम्पनीको भनाई छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS