Connect IPS
IME Life

बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयद्वारा अण्डरराइटिङ्ग तालिम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालयले एक दिवसीय अण्डरराइटिङ्ग तालिम सम्पन्न गरेको छ । जीवन तथा निर्जीवन बीमा ब्यवसाय गर्ने बीमकका कर्मचारीहरुलाई दक्षता अभिबृद्धि गर्ने उद्देश्यले अण्डरराइटिङ्ग तालिम सम्पन्न गरेको हो । उक्त तालिम असार १७ गते सिद्धार्थ होटल ग्रिन लुम्बिनी, लमही, दाङमा सम्पन्न भएको हो ।

नेपाल बीमा प्राधिकरण, प्रदेश कार्यालय प्रमुख पूर्ण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा जीवन, निर्जीवन, लघु जीवन र लघु निर्जीवन बीमा ब्यवसाय गर्ने बीमकका प्रत्येक बीमकबाट २ जनाको दरले ७० जना सहभागी रहेको थियो ।

Prabhu
Crest

जीवन बीमा तर्फ मेट लाइफका प्रदेश प्रमुख शशिधर पराजुलीले फाइनान्सियल अन्डरराइटिङ ,मेडिकल अन्डरराइटिङ सम्बन्धी विषयमा तालिम प्रदान गरेका थिए भने नेपाल बीमा प्राधिकरणका कार्यालय प्रदेश प्रमुख पूर्ण बहादुर थापाले Anti-money laundering, comeback terrorism financing and Nepal Insurance Authority and It’s Legal Provision सम्बन्धी विषयमा तालिम प्रदान गरेका थिए ।

त्यस्तै, निर्जीवन बीमा तर्फ नेको इन्स्योरेन्स लिमिटेडका प्रदेश प्रमुख रमेश थापाले Property Insurance Underwriting & its Claims Procedure, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रदेश प्रमुख विश्विदपक नेपालले Motor Insurance  Underwriting & Its Claims Procedure सम्बन्धी विषयमा तालिम प्रदान गरेका थिए । नेपाल बीमा प्राधिकरणका कार्यालय प्रदेश प्रमुख पूर्ण बहादुर थापाले Anti-money laundering, comeback terrorism financing and Nepal Insurance Authority and It’s Legal Provision सम्बन्धी विषयमा तालिम प्रदान गरेका थिए ।

तालिम कार्यक्रममा सहभागीबाट बोल्ने बक्ताको तर्फबाट जीवन बीमा कम्पनीको तर्फबाट अर्जुन भूषाल (नेपाल लाइफ इन्स्योररेन्स कम्पनी) निर्जीवन बीमा कम्पनीको तर्फबाट नारायण (राष्ट्रय बीमा कम्पनी) जीवन तथा निर्जीवन बीमा कम्पनीका सहभागीहरुको तर्फबाट बोल्ने बक्ताले प्राधिकरणले दिएको एक दिवसीय तालिम एकदमै प्रभावकारी भएको र यस्तो तालिम बीमाको विषयवस्तु अर्थात Portfolio wise अण्डरराइटिङ्ग ट्रेनिङ्ग दिएकोमा कर्मचारिहरुको पेशागत दक्षता अभिबृद्धी हुने कुरा ब्यक्त गरेका थिए ।

नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले आयोजना गरेको अण्डरराइटीङ्ग तालिम कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख पूर्ण बहादुर थापाले उठेको समस्या तथा जिज्ञासाहरुको उत्तर दिंदै कार्यक्रममा सहभागी हुनु भएका कर्मचारीहरुलाई तालिम प्रमाणपत्र वितरण गरी उपस्थित सम्पूर्ण प्रशिक्षक तथा सहभागीहरुलाई धन्यवाद दिए ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS