Connect IPS
IME Life

घट्दो बोनश दरः साधारण सभामै धावा बोल्न देशैभरबाट ओर्लिदैं नेपाल लाइफका अभिकर्ता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७९/८० को बोनश दर विगतको भन्दा घट्दै आएपछि अभिकर्ताले साधारण सभामै विरोध दर्ज गर्ने भएका छन् । वीरगञ्जको होटल भिषूवामा मंगलबार आयोजना हुन लागेको वार्षिक साधारण सभामै अभिकर्ताहरूले शेयरधनीको हैसियतमा सहभागिता जनाउँदै विरोध गर्ने भएका हुन् ।

विभिन्न जिल्लाका अभिकर्ता प्रतिनिधिहरुको टोली साधारण सभा आयोजना स्थलतर्फ सोमबार दिउँसो नै प्रस्थान् गरि सकेका छन् । अभिकर्ताहरुले न्यूनत्तम बोनश दर ६५ रुपैयाँ कायम नहुँदासम्म शेयरधनीलाई लाभांश वितरण नगर्ने माग सहित सञ्चालक समितिसँग वार्ता गर्ने भएका छन् ।

Prabhu
Crest

पेशागत अभिकर्ता संघ नेपाल नेपाल लाइफ बीमक समितिको अध्यक्ष गणेश अधिकारीले समितिको माग लिएर सञ्चालक समितिलाई दबाब दिन अभिकर्ताहरु साधारण सभास्थल पुग्ने बताए । उनले भने,हाम्रो मागमा सहमति नजनाउँदासम्म साधारण सभा हुन पाउने छैन ।

अभिकर्ताको उपस्थित हुने हो भने पहिलो पटक होटल भिषूवामा नेपाल लाइफको साधारण सभामा सभाकक्ष भरिने गरी शेयरधनीको उपस्थिति देखिनेछ ।

यसअघि पनि संघले यो मागलाई लिएर कम्पनीको व्यवस्थापनलाई ज्ञापन पत्र दिई सकेको छ। व्यवस्थापन पक्षले फ्युचर बोनश (भावी बोनश) दरको प्रावधानका कारण बोनश दर घटेको र यो नियामकीय निर्णयमा निर्भर भएकाले काबु बाहिर रहेको भन्दै प्रतिकृया दिएको थियो ।

बोनश दरलाई नै बजारिकरणको प्रमुख अस्त्र बनाएको नेपाल लाइफको न्यूनत्तम बोनश ६२ रूपैयाँबाट ५० रूपैयाँमा झरेपछि बजारिकणमा अभिकर्तालाई सकस भएको छ । सबैभन्दा धेरै बोनश पाइने जीवन बीमा कम्पनीमा नै बीमा गर्नुपर्छ भन्दै मार्केटिङ गर्दै आएका अभिकर्तालाई अहिले नेपाल लाइफको भन्दा राम्रो बोनश दरक भएको कम्पनीका कारण चुनाैती भएको छ । उनीहरूले बोनश दरको अस्त्र प्रयोग गर्न संकुचित महशुस गर्नु परेको अवस्था छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

39%

खुसी

9%

दु :खी

9%

अचम्मित

13%

उत्साहित

30%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS