Connect IPS
IME Life

नेपाल लाइफ र नेशनल लाइफमध्ये कुनको बोनश दर धेरै ? तुलनात्मक विवरण सहित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं ।  दुई ठूला जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्सले हालै मात्र आर्थिक वर्ष २०७९/८० को बीमांकीय मूल्याङ्कनका आधारमा नयाँ बोनश दर सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएको बोनश दर तालिका अनुसार नेपाल लाइफका बीमितले प्राप्त गर्ने न्यूनत्तम बोनश दरको तुलनामा नेशनल लाइफको न्यूनत्तम बोनश दर रकम २६ प्रतिशतले बढी छ ।

घोषित बोनश दर अनुसार नेपाल लाइफले आ. व. २०७९/८० मा बीमितलाई न्यूनत्तम ५० रूपैयाँ दिने भएको छ भने नेशनल लाइफका बीमितले कम्तीमा ६३ रूपैयाँ बोनश पाउने भएका छन् । दुबै कम्पनीद्वारा प्रकाशित बोनश दर तालिकाको आधारमा तुलना गर्दा नेशनल लाइफले दिई रहेको न्यूनत्तम बोनश दर नै नेपाल लाइफको भन्दा २६ प्रतिशतले बढी छ।

Prabhu
Crest

उदाहरणका लागि १० लाख रूपैयाँ बीमाङ्कको १५ वर्षे जीवन बीमावापत नेपाल लाइफका बीमितले एक वर्षको न्यूनत्तम ५० हजार रूपैयाँ बोनश हात पार्दा नेशनल लाइफका बीमितले ६३ हजार रूपैयाँ बोनश कमाउँछन् ।

नेपाल लाइफले कुनै बेला टेलिभिजनको पर्दामा प्रशारण गर्ने विज्ञापनकै शब्द सापटी लिने हो भने, धेरै बोनश दर हुने कम्पनीमा जीवन बीमा गर्दा नेपाल लाइफको तुलनामा बीमितलाई यी फाइदाहरू हुन्छन्ः

१) बीमा अवधि पुरा भएपछि अधिकत्तम बोनश सहित रकम भुक्तानी पाइन्छ।

२) बीमालेखको धितोमा कर्जा लिंदा अरू कम्पनीको भन्दा बढी रकम कर्जा लिन पाइन्छ।

३) बीमालेख समर्पण गर्नुपर्दा पनि अरू कम्पनीको भन्दा धेरै रकम समर्पण मूल्य भुक्तानी पाइन्छ ।

अब नेपाल लाइफलाई नै सर्वसाधारणले माथिका यी तीनवटै फाइदाका लागि कुन जीवन बीमा कम्पनीमा बीमा गर्दा राम्रो हो भनेर जिज्ञासा राख्दा नेपाल लाइफका अभिकर्ता र कर्मचारीले के प्रतिकृया देलान् ?

बोनश दरलाई बीमाको प्रचारबाजी र बजारिकरणको अस्त्र बनाएको नेपाल लाइफ इन्स्योरेन्स बीमितले पाउने बोनश दरका आधारमा पछि पर्दै गएको छ। कुनै बेला सर्वाधिक बोनश दरको राग अलाप्ने नेपाल लाइफको बोनश दर नेशनल लाइफ इन्स्योरेन्सको भन्दा निक्कै थोरै छ। बोनश दरलाई  नै आधार मानेर बीमा गर्ने हो भने यहाँ नेपाल लाइफ भन्दा नेशनल लाइफ निक्कै उपयुक्त देखिन्छ।

दुई कम्पनीले वितरण गर्ने बोनश दरको आधारमा एक वर्षको बोनशमै नेपाल लाइफका बीमितलाई १३ हजार रूपैयाँ घाटा हुन्छ। यही बोनश दरलाई आधार मान्ने हो भने १५ वर्षमा नेपाल लाइफको बीमितले बोनशबाट ७ लाख ५० हजार रूपैयाँ बोनश कमाउँदा नेशनल लाइफका बीमितले ९ लाख ४५ हजार रूपैयाँ कमाउँछन् । १५ वर्षमा नेपाल लाइफका बीमितलाई झण्डै २ लाख रूपैयाँ घाटा हुने देखिन्छ।

नेपाल लाइफले अग्रिम भुक्तानी जीवन बीमामा जुनसुकै अवधिका लागि बीमा गराउँदा पनि बीमितलाई प्रति हजार बीमाङ्कमा ५० देखि ५१ रूपैयाँसम्म मात्र बोनश दिई रहेको छ। नेशनल लाइफले अग्रिम भुक्तानी सावधिक जीवन बीमामा ६३ देखि ६४ रूपैयाँ बोनश दिने घोषणा गरेको छ ।

यसैगरी नेपाल लाइफले सावधिक जीवन बीमामा ५५ रूपैयाँ देखि ८५ रूपैयाँसम्म बोनश दिंदा नेशनल लाइफ इन्स्योरेन्सले सावधिक जीवन बीमा र आजीवन जीवन बीमामा ६४ रूपैयाँ र ८५ रूपैयाँ बोनश दिने घोषणा गरेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

63%

खुसी

11%

दु :खी

11%

अचम्मित

0%

उत्साहित

16%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS