Connect IPS
IME Life

जन्मदिनको अवसरमा बीमा पोलिसी खरिद

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाली समाजमा केही शुभ कार्य गर्दा उपहार लिने र दिने चलन बर्षौ देखि रहँदै आएको छ । समय अनुसार उपहारका स्वरुप दिने वस्तु पनि परिवर्तन हुँदै गएको छ । परिवर्तित समयसँगै पछिल्लो समय भने जीवन बीमा पोलीसी उपहारका रुपमा लिने दिने चलन बढ्दो रुपमा रहेको छ । विवाह, ब्रतबन्ध, जन्मदिन, पास्नी, गून्योचोलो, बैवाहिक बर्षगाँठ लगायतका शुभ कार्यमा बीमा पोलीसी उपहार दिने चलन बढ्दै गएको हो ।

सोही चलनको अनुसरण गर्दै लमजुङ माध्यमिक विद्यालय गाउँशहरका शिक्षक प्रेम बहादुर परियारले आफ्नो जन्मदिनको अवसरमा बीमा पोलिसी खरिद गरेका छन् । उनले आफ्नो जन्मदिनको अवसरमा हिमालयन लाइफ इन्स्योरेन्सको जीवन उपहार पोलिसी खरिद गरेका हुन् ।

Prabhu
Crest

पोलिसी खरिद गर्दै उनले जन्मदिनमा गर्दै आएको अन्य खर्चको कटौती गरेर बीमा पोलिसी खरिद गरेको बताए । अनावश्यक रुपमा गरिने खर्चहरुबाट एक बीमाशुल्क वापतको रकम भुक्तानी गर्न पुग्ने भन्दै उनले आफ्नो योजना अनुसार नै पोलिसी खरिद गरेको बताए । यस्तो अभ्यासले समाजमा जीबन बीमा प्रति राम्रो सोचको विकास हुने र समाजमा बीमा सम्बन्धी सचेतना समेत बढ्ने उनको भनाई थियो ।

बीमा पोलिसी हस्तान्तरण गर्दै हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड उप–प्रादेशिक प्रमुख सुरेश बरालले जन्मदिनको अवसरमा बीमा पोलसी खरिद गरेकोमा धन्यवाद व्यक्त गर्दै सो कार्य अनुसरण योग्य भएको बताए । बीमा गर्दा आर्थिक बचत हुने र नोक्सानी भएको हकमा क्षतिपूर्तिको सुनिश्चिता भएको हुदाँ जीवन बीमा अतिआवश्यक रहेको उनको भनाइृ थियो ।

बिशेष दिनमा उपहार स्वरुप बीमा पोलिसी दिदाँ आकर्षक उपहार हुने र अन्यलाई समेत उत्प्रेरणा मिल्ने उनको भनाई थियो । कार्यक्रममा बेसीशहर शाखा कार्यालय प्रमुख अमृत बहादुर थापा, कर्मचारी दिपक राज रेग्मी, अभिकर्ताहरु लगायतको उपस्थिती रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS