Connect IPS
IME Life

सिटिजन्स बैंकद्वारा विद्यालयलाई २० वटा पंखा हस्तान्तरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लाको अत्तरियामा अवस्थित श्री सुप समावेशी आधारभूत विद्यालयलाई २० वटा फ्यान सहयोग स्वरुप हस्तान्तरण गरेको छ । सो विद्यालय शारीरिक रुपमा अपांगता भएका बालबालिकाहरुलाई आवासीय रुपमा राखेर अध्यापन गराउने सुदूरपश्चिम प्रदेशको एक मात्र विद्यालय हो ।

दिन प्रतिदिन बढ्दै गएको गर्मीको कारण अशक्त बालबालिकाहरुको पठनपाठन र दिनचर्यामा असर परेको हुँदा गर्मीको असरलाई केहि हदसम्म भएपनि न्यूनिकरण गर्ने मनासायले कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई फ्यान सहयोग प्रदान गरेको बैंकको भनाई छ ।

Prabhu
Crest

यस कार्यबाट विद्यार्थीहरुको दैनिक क्रियाकलाप र पठनपाठनमा केहि सहजता हुने विश्वास पनि कम्पनीले लिएको छ । समय समयमा सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको कम्पनीले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएको छ ।

बैंकले देशैभरका १९३ वटा शाखा, १५६ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट १७ लाख ६० हजार ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

हाल ५६ जिल्लामा सेवा प्रदान गर्दै आएको उक्त कम्पनीले यसै आर्थिक वर्षमा थप चार वटा शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान लक्ष्य रहेको जनाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS