Connect IPS
IME Life

छोराको बीमा रकम पाउन निर्दयी बने यी बाबु, १८ वर्षपछि खुल्यो सनसनीपूर्ण घटनाको रहस्य

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भारतमा पबीमाको रकम हत्याउन घटाइएको अर्को एउटा सनसनीपूर्ण घटनाको रहस्य खुलेको छ। सन् २००६ जुन ३० मा आगरामा कारभित्र जलेर मृत्यु भएको अवस्थामा एक युवकको शव फेला परेको थियो। गाजियाबादका कपडा व्यवसायी विजय पाल सिंहले ती युवकलाई आफ्ना छोरा अनिलका रुपमा पहिचान गरे। प्रहरीले अन्तिम रिपोर्ट दर्ता गरायो र सिंहले बीमा कम्पनीबाट छोराको ५६ लाखको दाबी पाए।

यो घटनाको १८ वर्षपछि वास्तविकता बाहिरिएपछि प्रहरी स्वयंस्तब्ध बनेको छ। छोरा अनिलको बीमा रकम पाउन सिंहले एक भिखारी युवकलाई कारभित्र राखेर जिउँदै लगाएको रहस्य खुलेको हो।

Prabhu
Crest

गुजरात प्रहरीले अनिललाई अहमदाबादबाट पक्राउ गरी आगरा प्रहरीलाई खबर गरेको थियो। यो षड्यन्त्रमा संलग्न अर्का व्यक्ति रामवीर सिंहलाई पनि प्रहरीले जेल चलान गरेको छ।

डीसीपी सिटी सुरज रायले सन् २००६ मा जलेको कारको ड्राइभिङ सिटमा बसेका एक युवक बिजुलीको पोलमा ठोक्किएर पूरै जलेको अवस्था फेला परेको बताए। कार नम्बरका आधारमा प्रहरीले भट्ट परसौल (डंकौर) निवासी विजय पाल सिंहलाई सम्पर्क गरेको थियो।

सिंहले आफ्नो छोरा व्यवसायको सिलसिलामा कारमा आगरा गएको बताए। जलेको शव उनका छोरा अनिलको भएको उनले पहिचान गरे। मृत्यु प्रमाणपत्र बनाएपछि ५६ लाख रुपैयाँ बीमा दाबी लिइएको थियो। त्यसपछि प्रहरीले फाइल बन्द गरेको थियो।

अहमदाबाद क्राइम ब्रान्चले नोभेम्बर २०२३ मा आगरामा कारमा जिउँदै जलाइएका अनिल नामक युवक अहमदाबादमा बस्दै आएको जानकारी दिएको थियो। उनले नयाँ नाम राजकुमार राखेर आधार कार्ड र अन्य कागजातहरु पनि लिएका थिए। उनका दुई सन्तान पनि छन्। उनले नयाँ कार र अटो किनेका छन्।

गोप्य उजुरीका आधारमा अनुसन्धानपछि अनिललाई पक्राउ गरी हत्या र ठगीको मुद्दा दर्ता गरिएको थियो। त्यसपछि आगरा प्रहरीलाई जानकारी गराइएको थियो। प्रहरीले फेरि अनुसन्धान थालेपछि सत्यतथ्य बाहिर आएको हो।

बीमा रकम हत्याउने षड्यन्त्रमा अनिलका बुवा विजयपाल, काका अभय सिंह र साथी रामवीर संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। अनिल १८ वर्ष पुगेपछि विजयपालले छोराको विभिन्न बीमा गराएका थिए।

बुवा विजयपालकै योजनामा अनिलले आफ्ना साथीसँग मिलेर एक भिखारीलाई खाना खुवाउने बहानामा नजिक बोलाएको रामवीरले प्रहरीलाई बताए। अनिलले उनलाई आफ्ना लुगा लगाउन लगाए र खानामा एनेस्थेटिक मिसाए। उनी बेहोस भएपछि उनीहरुले ती भिखारीलाई ड्राइभिङ सिटमा बसाएर कारमा पेट्रोल छर्केर आगो लगाएका थिए।

घटनापछि अनिललाई बुवा विजय पालले अहमदाबाद पठाएका थिए। हाल यो घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। –एजेन्सी

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS