Connect IPS
IME Life

व्यक्तिको जीवनमा बीमा र बीमा क्षेत्रमा सर्भेयर महत्वपूर्ण छन्ः सर्भेयर संघका अध्यक्ष ढकाल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा क्षेत्रको आफ्नै महत्व छ। अर्काको जोखिम निर्धक्क रुपमा बोक्ने भएकाले बीमा लोकप्रिय मानिन्छ। बीमाको यो सुन्दर पक्ष पनि हो। तर, बीमा क्षेत्रभित्र नियालेर हेर्ने हो भने सर्भेयरको झनै महत्व छ। बीमा सर्भेयर त्यस्ता व्यक्ति हुन्, जसले बीमा गरिसकेका सवारीसाधन तथा सम्पत्तिमा आइलाग्ने जोखिमको (फेयर) स्वच्छ मूल्यांकन गर्छन्। हाल नेपाल सर्भेयर संघ (निसा) का अध्यक्ष छन्, मोहन पुरुष ढकाल। उनी विगत ३ दशकदेखि सर्भेयरको भूमिकामा सक्रिय छन्। ललितपुरको कुपण्डोलनिवासी ढकालले पब्लिक एडमिनिस्ट्रेसमा डिप्लोमा गरेका छन्। उनले सर्टिफिकेट इन इन्जिनियरिङ पनि पूरा गरेका छन्। हाल बीमा क्षेत्रमा सर्भेयरको भूमिका र चुनौतीका विषयमा अध्यक्ष ढकालसँग ‘इन्स्योरेन्स टक’ कार्यक्रममा भएको कुराकानीको सम्पादित अंशः

तपाइँ बीमा सर्भेयरहरु बीमा पोलिसीमा कहाँबाट आबद्ध हुनुहुन्छ। कहाँबाट छुट्टिनु हुन्छ ?

Prabhu
Crest

तपाइँले सोध्नुभएको प्रश्नमा जब अभिकर्ताले वा कम्पनीले पोलिसी बेच्नु हुन्छ, त्यसमा ड्यामेज नभएको बेलासम्म हाम्रो रोल छैन। सेरिङ अफ लसमा (दुःखको साथीमा) हाम्रो रोल हुन्छ। हामी सुखका साथी होइनौँ। त्यहाँ गएर खरिद गरेका दस्तावेज अध्ययन गरेर क्षतिमा म्याच गरेर काम गर्छौं। कतिपय साथीले बुझाउनु हुन्छ, कतिपयले प्रोसेसमात्रै गर्नु हुन्छ। क्षति मूल्यांकन गरेर कम्पनीमा बुझाएपछि हाम्रो क्षति डेपुटेसनको असाइन्टमेन्ट पूरा भयो।

त्यसपछि फेरि पेमेन्ट समयमा विवाद आए पनि तपाइँहरु सहभागी हुनुहुन्छ ?

त्यो भरसक हाम्रोमा आउँदैन। कहिले–कहिले कानुनले नदिएको कुरा हामीले दिन नमिल्ने भए पनि कहिले–कहिले बीमितले नबुझ्न पनि सक्नु हुन्छ। हामीले योभन्दा माथि गर्न मिल्दैन भन्छौँ। त्यस्तो बेलामा उहाँहरु कम्पनीमा जानु हुन्छ। हामी पनि त्यहाँ गएर त्रिपक्षीय वार्ता पनि हुन्छ। हामीले केही–केही हाइड गरेका रहेछौँ भने त्यहाँ पनि हामीले बुझ्ने मौका पाउँछौँ।

तपाइँहरु बीचमा दुई ढुंगाको तरुल हुनुहुन्छ नि। बीमित कम्पनीको चाहना दुवैले धेरै पाउने हुन्छ होला नि ?

एउटाको चाहना चाहिँ तपाइँले ठ्याक्कै मिलाउनु भयो। बीमकको चाहना, उसले लायबलेटीमात्र माग्छ। यो कुरा अलिकति हाम्रो पनि कमजोरी हो कि हामीले लिएको काममा मानवीय पाटो पनि हुन्छ नि। हाम्रो दाजुभाइ र दिदीबहिनीलाई बुझाउनु पर्छ। टोटल खर्च १० लाखको छ भने बीचमा ३ लाख कता हरायो र ७ लाख किन आयो पनि बुझाए भन्नुपर्छ। केही बीमित अन्तको भन्दा कम पैसा आयो भन्ने पनि हुनुहुन्छ। हामीलाई उहाँहरुले पनि भन्दिनु हुन्छ। तर, दुःख कहाँ छ भने मार्केटिङले बुझ्नु भएन भने दुःख लाग्छ।

तपाइँहरुले चढाएको भ्लुएसन कम्पनीमा कति चढ्छ ?

कम्पनीले कहिले कहीँ हामीले गल्ती गरेको छ भने काट्छ। फिडब्याक दिँदा हामीलाई थाहा हुन्छ दिन्नन् भने थाहा हुन्छ।

घटबढको विषय कस्तो हुन्छ। बीमित या कम्पनी कसको हितमा हुन्छ ?

कम केसमा आउँछ। त्यसरी फरक आउँदा हामीले बुझाउने प्रयास गर्ने हो। अवेरनेस कार्यक्रम पनि गर्नुपर्छ। यो बीमा प्रडक्ट एक्सपर्टले बेच्ने हो। ऊ त्यसका लागि अथोराइज छ। उनीहरुले १५ मिनेट टाइम दिनुपर्छ भन्ने मलाई लागेको हो। ग्राहकले बुझ्ने गरी काम गर्यो भने टन्सन हुँदैन। पोलिसीअनुसार भन्नै पर्छ। अर्को भनेको सेल गरेको प्रडक्ट ग्राहकलाई सधैँ मोनिटर गर्नुपर्छ। घटना परेको बेलामा उसले तपाइँ कन्टयाक्ट गर्नुपर्छ।

तपाइँहरुलाई बीमित र कम्पनी दुवैमा मिल्छन् भन्ने आरोप छ। यसमा दुःख छ है ?

हामीले माने दुःख हो। नमाने चुनौती हो। हामीले एसेप्ट गर्नुपर्छ। त्यसमा सर्भेयर को हो सर्भेयर हो वा अन्य व्यक्ति हो। सर्भेयर पनि बीमा प्राधिकरणको लाइसेन्स प्राप्त हुन्छ।

तिनको पनि एजेन्ट बनाएर पठाउने भए ?

फास्ट क्लेम सेटल गर्न अहिले आफ्नो ग्राहक बचाउनु पर्छ भन्ने सोचाइ आफ्नो कम्पनीको साथी विज्ञ छन् भनेर पठाउने चलन पनि छ। त्यसमा अनुगमन गर्नुपर्छ।

प्रतिवेदन एउटा व्यक्तिले बनाउने अन्तिममा साइन सर्भेयर गर्ने ?

त्यस्तो त नहोला। यहाँ पार्टी चाहिँ अलग छ। बीमा कम्पनीको हो वा बीमितको सर्भेयर कसैको पक्षमा लाग्यो भन्ने विश्वासको क्षतिमा डग्मगाउने काम हुन्छ। शंकाको उपचार छैन। गल्ती छ भने सम्झाउने हो, नत्र बिजनेसको रेसियो कम गर्ने हो।

बीमा प्राधिकरणमा पुगेको विवादमा सर्भेयरलाई गाली गरेको पाइन्छ किन होला ?

खुलेर भन्दा सरकार वा प्राधिकरण रिसाउलान्, हामीलाई नै घाटा हुन्छ। प्राधिकरणले हामीलाई लाइसेन्स दिएको हुन्छ। गल्ती गरेको हो कि होइन त्यो पनि हेरेको हुन्छ। सम्झाउने र हप्काउने काम पनि हुन्छ। कुनै बिरामी हुँदा एउटा सर्भेयरले अर्कोलाई पठाएको हुन सक्छ। तर, आफ्नो असाइन्टमेन्ट चाहिँ हेर्नै पर्छ। गाह्रो परेको ठाउँमा हेरेर मलम लगाउनु पर्छ। नयाँ बीमा ऐनमा नयाँ नियम आएको छ। क्लेम कतिको त्यहाँ केही डिसएपियर भएमा सम्बन्धित व्यक्तिले माग गर्दा सर्भेयरले तिर्नुपर्छ। त्यो कुरा उहाँहरुले बुझ्नु पर्छ। सर्भेयरले लेखेको ठाउँमा कम्पनीले तल–माथि गर्न भएन।

घटना घटेपछि कम्पनीसँग छलफल गरेरै फिल्डमा जानुहुन्छ होला ?

हामीलाई कम्पनीले भनेपछि हामी जान्छौँ। हामी आफैँ पनि अनुमान गर्छौं।

के–के हेर्नु हुन्छ घटना घटिसकेपछि ?

हामीले कारण हेर्छौं। धेरै हदसम्म प्रहरीको प्रतिवेदन हेर्छौं। त्यसमा फरक आएमा हामीले एड्भाइस हेर्छौं। सबै कम्पनीले त्यो पढ्नु जरुरी छ। सर्भेयरले त्यही लेखेको हुन्छ।

तपाइँहरु १२०० प्लस जनशक्ति हुनुहुन्छ। क्याविटी कम भयो कि भन्ने छ ?

तपाइँले जहाँबाट सुन्नु भयो मैले धन्यवाद भन्नु पर्ने हुन्छ। किनकि त्यहीँबाट म्यासेज फ्लोरिङ हुन्छ। प्लान बन्छ र देशले पनि त्यो लिनुपर्छ। यसलाई बीमा प्राधिकरणले पनि लिनुपर्छ। सर्भेयर धेरै भएको कुरामा जेन्युन छ कि छैन भन्ने हेर्नु पर्यो। हाम्रो दायरा खुला गर्नु पर्यो।

के–के थप्नु पर्यो तपाइँहरुलाई ?

सबैभन्दा पहिला सम्पत्तिको बीमा गर्नुभन्दा अगाडि त्यसको मूल्यांकन हामीलाई गर्न दिनुपर्यो। पहिले डिसएपियर भएका सामानका बीमामा प्रमोसन भएमा म एउटा नमिठो शब्द सम्झिन चाहन्छु। जब हाइड्रोमा प्रिमियमका बारेमा छलफल भएको थियो, हाइड्रोका साथीले प्रिमियम तिर्न सक्दैनाँै भन्नु भयो। त्यसलगत्तै कमिटी बन्यो। त्यसमा इप्पानले पनि मानेन्। मलाई खल्लो लाग्यो। म विद्यार्थी हो। यही फिल्डमा लाग्छु भनेर काम गरेको हो। तत्कालीन सचिव बुद्धकुमार शाक्यसँग सल्लाह गरेँ। पवित्र विक्रम राणा पनि हुनुहुन्थ्यो। हामीले पनि एउटा कार्यक्रम गरौँ भनेर लाग्यौँ। त्यहाँ उहाँहरु आउनुभएन। मैले त्यो बेलामा पम्फा भुसाल ऊर्जा मन्त्रीलाई प्रिमियमको फरकलाई के गर्ने हो भनेर भन्न लागेको थिएँ। त्यो कुरा डिसिजन हुन पनि सक्थ्यो। एकजना मात्र साथी आउनु भयो। न्यौपानेजी मात्रै आउनु भयो। कुनै पनि व्यक्तिले बीमासँग सम्बन्ध राख्छ भने ज्ञान पनि पाइन्छ नि।

मैले अझै रोक्ने खोजेँ। हाइड्रोमा रि पाउने गाह्रो भइसक्यो। यसमा घटाउने–बढाउने कुरा भएको छ। समस्या छ है ?

अहिले हाम्रो उद्योगले प्रि–इन्स्योरेन्स सर्भे गरे। त्यो राम्रो कुरा हो। त्यहीअनुसार बीमा पोलिसी लिन थालेका छन्।

अथोराइज डिलरबाट आफ्नो मोटरको पाएजस्तो हाइड्रोका सामानको रेट थाहा हुँदैन। सर्भे गर्यो भने थाहा हुन्छ। अर्को कुरा प्रमोटरले प्याकेजमा बीमा गर्दा कतिपय कुराहरु रिक्समा नपर्दा वा आई रिक्समा पर्दा मागेको रकम पाएको वा नपाएको हेर्न सहज हुन्छ। सबैलाई पैसाको माया हुन्छ। सीईओ क्लेम अफिर, सीईओ, सर्भेयर, प्राधिकरणको टाउको दुःखाइ हुन्छ।

सर्भिस चार्जले बाँचिन्छ त ?

सर, यो बाँचिया छ भन्दा गाह्रो छ, अब छैन भनौँ भने कोट लगाएका छौँ। यसमा बीमक संघ र इन्स्योरेन्स सर्भेयर संघको बिचमा दस्तावेज तयार भएको थियो। हामीले ८ वर्षदेखि एउटा कन्डिसन २ वर्षमा रिभ्यु गर्ने भनेर अघि बढेका थियौँ। विगतमा कोभिडजस्ता समस्या आए। एसोसिएसन सफर भए। त्यहाँ सुरुमा प्रस्ताव भए पनि पछि मानिएनन्। कतिपय सीईओहरुले ननपर्फमेन्सवाला कुराहरु भन्नु भयो। अर्को कुरा मानवीय एटिच्युट देखिएको थियो।

इन्जिनियरले मात्रै बन्न मिल्ने सर्भेयर पेसा १० वर्षदेखि एउटै सेवासुविधामा छ। त्यसै कारण पनि दायाँ–बायाँ हुन्छन् कि ?

खान पाइएन भने खन्ती बोकेर अरुको घर फोड्ने त होइन नि। यसमा अहिले बीमा प्राधिकरणले हाम्रो एउटा एक्साइज गर्नुस् मिल्नु भनेर भन्नु भयो। हामीले मान्यौँ पनि। डेढ वर्षअघि ३ जनाको कमिटी बीमक संघले १४ महिनासम्म फाइनल गर्न सकेको छैन। यो त बीमा कम्पनीभन्दा पनि क्याबिनेटमा पुगेर देश हाँक्ने हो भने कसैले यस्तो गर्छ भने ठीक होइन। हाम्रो कमिटीले उहाँहरुको प्रस्ताव मानेको छैन। हाम्रो प्रताव इन्फेसनको कपी पेस्ट, ८ वर्षको ५०–६० बनाएर पठायौँ। डेडलक फुकाउन खोज्यौँ। त्यो पनि अहिलेसम्म आएको छैन। पर्सन राम्रो छ तर पोलिसी राम्रो भएन।

तपाइँहरुको विधाअनुसार सर्भे गर्ने भन्ने पनि कुरा आएको छ नि ?

यो पोर्टफोलियोअनुसार कामभन्दा मैले के भन्छु भने हिजो मैले गरेको काम ठीक थियो। आज किन खुम्चियो। कतिपय साथीले त अफिस खोलेर बस्नुभएको थियो। कतिपय साथीहरुले राति भद्रपुरदेखि झापा पुग्नु भएको छ। म प्राधिकरणलाई वाच गर्नुहोस् भन्छु। नयाँ ऐनले आशय बुझ्ने भाँडो राखेको छ। त्योअनुसार गर्नु पर्यो। जमिन राम्रो भएन भने फल्दैन।

तर, पोर्टफोलियो एउटा–एउटाभन्दा मेकानिकलवालाले सिभिल लिन सक्ने रहेछ ?

प्राधिकरणको नियममा सबै कुरा बुझेर ५० सालबाट लाइसेन्स बाँडेको हो। लाइसेन्स पाएकाले काम गर्दा सफा हुन्छ भन्ने छ। ३० वर्ष एक्साइज हामीले गर्यो नि। त्यो समयमा ३० वर्षको टास्क माग्न सकिन्छ। मुख्य कुरा भनेको बीमाको उद्देश्य ९९ प्रतिशत जाओस् भन्ने छ। त्यसका लागि सबै सन्तुष्ट हुन जरुरी छ। मूल्यांकन प्रपर हुनु जरुरी छ। मागेको पैसा दिन सक्ने वातावरण र मागेको कुरा ५ लाख रुपैयाँमा ३ लाख रुपैयाँ दिए पनि बुझाइदिएपछि पनि काम हुन्छ। बुझाउँदा स्प्रे हुन्छ। बीमा गरौँ भन्ने हुन्छ। बीमा कम्पनीलाई अनुरोध भनेको दस्तावेज पढ्नुपर्यो। सर्भेयरले ३ लाख रिकमेन्ड गर्दा त्यहाँ माइनुटली स्टडी गर्नुपर्यो। हचुवाको भरमा गर्नु हुन्न, प्राधिकरणको मनमा ठेस पर्छ।

कर्मचारीले लोयल हुन जरुरी छ। आफ्नो डिसिपिलेन हेर्नु पर्यो। यहाँ बाहिरी ड्यामेजमा किन सर्भेयर चाहिन्छ भन्ने छ तर कपको ह्यान्डिल फुट्दा पनि ५ प्रकारका कम छन्। नयाँ पुराना रिकन्डिसन कस्ता हुन हेर्नुपर्छ।

लागत लगानी सबै छन्। यस्ता कुरामा केही ओके भएको अवस्था छ। इन हाउस हटाउने, फ्रि अफकस्टमा सिकाउने। अर्को भनेको भोलुम हेरेर सर्भेयर छान्ने। सर्भेयरको फन्ड १ प्रतिशत घटाएर काम गरौँ भनेको पनि छौँ। कतिपय राम्रा काम भएका पनि छन्।

बीमितहरुले दबाब कत्तिको दिन्छन् ? कम्पनीहरुले कत्तिको दबाब दिन्छन् ?

एकदम आउँछ सर। दबाब आउँछ।

कम्पनीका तर्फबाट धेरै आउँछ कि बीमितका तर्फबाट धेरै आउँछ ?

धेरै–थोरै भन्न परेन, आउँछ। सहन सक्नेले सक्छ, हजार वटा सहन्छ। नसक्नेलाई एउटै दबाब बोझ हुन्छ। बोल्नुभन्दा पनि यसमा मनन गर्ने कुरा हो।

मिल्छ भने त बोल्नु होला।

मिल्छ नि किन नमिल्नु। मैले अघि पनि भने क्लाइन्ट सोझो, लाटो हुनुहुन्छ, उहाँको व्यवसाय यही हो। मैले प्रस्ट पार्नुपर्दैन। केही समूहले दुखितलाई सुख दिने ग्रुप पनि छ। आमाको तिलरी, बुढीको ढुंग्री बैंकमा छ। तपाइँ मेरो अल्लाह–क्रिस्ट भन्ने पनि छन्। यस्ता समूह अहिले कम भएर गएका त छन्। त्यहाँ चाहिँ म के भन्छु भने आ–आफ्नो बुद्धि, मुन्ड मुन्ड बुद्धि हो। ग्राहकको मन्दी कोर्ट प्राधिकरणले बुझ्नेले हो। चार शब्द म मर्कामा परे भनेर लेखे भए पनि। शेषनागको मुखजस्तै पाटाहरु धेरै छन् । राइट म्यान इन राइट प्लेस हुनुपर्छ। जो सर्भेयर होइन, उसको सहायकले लाइसेन्स नपाएकाले काम गर्दा पनि ग्राहक, कम्पनी, प्राधिकरणको टाउको दुःख्छ। भोलि पुनरावेदन वा सर्वोच्चमा पनि टाउको दुःख्छ। सर्भेयरले गल्ती गर्दा सर्भेयरलाई नत्र कम्पनीलाई प्यानलाइज गर्नुपर्छ।

हवस् लामो कुरा गरियो। अन्तिममा छुटेका केही छन् कि?

यो बीमाको ३० वर्ष काम गरेँ। के लिएर आएको थिएँ र के पाएँ, त्यो मलाई थाहा छ। जतिसुकै दौडे पनि अंगुली माला र गौतम बुद्धको कथा हो, यो। अघि शिखर इन्स्योरेन्सको कार्यक्रममा पनि यो भनेको थिएँ। आफ्नो नैतिकताको धरातलमा बसेर काम गर्नु होस्। सबैलाई मेरो अनुरोध त्यति नै हो।

महत्वपूर्ण समय र टकका लागि यहाँलाई पनि धन्यवाद।

हवस्, धन्यवाद।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS