Connect IPS
IME Life

यी हुन् विश्वका ५ उत्कृष्ट प्रिमियम एयरलाइन्स, यस्ता छन् सुविधा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । उच्च यात्रु समीक्षा र निरन्तर गुणस्तर सेवाका कारण कतार एयरवेज वर्ष २०२४ को उत्कृष्ट प्रिमियम एयरलाइन्स बनेको छ। उत्कृष्ट प्रिमियम एयरलाइन्सको सूचीमा कोरियन एयर दोस्रो स्थानमा रहेको रेटिङ वेबसाइट एयरलाइनरेटिङ्स डटकमले जनाएको छ।

कतार एयरवेज

Prabhu
Crest

कतार एयरवेजले एयरलाइनरेटिङ्स डटकमको एयरलाइन्स एक्सिलेन्स अवार्डमा वर्ष २०२४ का लागि एयरलाइन्स अफ द इयरको उपाधि जितेको छ। यो एयरवेजले वर्ष २०२१ र २०२२ मा उपाधि जितेको थियो तर वर्ष २०२३ मा एयर न्युजिल्यान्डसँग हारेको थियो।

‘हाम्रो वस्तुगत विश्लेषणमा कतार एयरवेज धेरै प्रमुख क्षेत्रमा पहिलो नम्बरमा आयो। यद्यपि शीर्ष १० का लागि यो एकदमै नजिकको स्कोरिङ थियो’, वेबसाइटका प्रधान सम्पादक जेफ्री थोमसले भने, ‘यात्रुको समीक्षाले कतार एयरवेजलाई सबै एयरलाइन्सभन्दा अगाडि बनाएको छ र यसको स्थिरता र सेवा प्रवाहको उच्च स्तर प्रतिक्रियामा आएको छ।’

कतार एयरवेजले लगातार पाँचौँ वर्ष बेस्ट बिजनेस क्लासको अवार्ड जितेको छ।

कोरियन एयर

दोस्रो स्थानमा कोरियन एयर रहेको छ। जसले कार्गो एयरलाइन्स अफ द इयरको उपाधि पनि जितेको छ। कोरियन एयरले प्यासेन्जर ट्राफिक र रोबुस्ट कार्गो मागमा भएको बलियो रिकभरीको कारण अघिल्लो वर्षको तुलनामा यो वर्षको पहिलो त्रैमासमा २० प्रतिशत बढी २.८ अर्ब डलर आम्दानी गरेको छ।

क्याथे प्यासिफिक एयरवेज

हङकङको क्याथे प्यासिफिक एयरवेज तेस्रो स्थानमा रहेको छ। यो एयरवेज दक्षिणपूर्व एसियाका लागि उत्कृष्ट लामो दूरीको यात्रा पुरस्कारबाट पनि सम्मानित भएको छ। एयरलाइनको आरामदायी सिट, फराकिलो कोठा र प्रत्येक सिटमा ठूलो स्क्रिनको एयरलाइनरेटिङ्स डटकम सम्पादकहरुले प्रशंसा गरेका छन्। यसले मनोरञ्जनको ठूलो विविधता प्रदान गरेको उनीहरुको ठहर छ।

एयर न्युजिल्यान्ड

यो सूचीको चौथो स्थानमा रहेको एयर न्युजिल्यान्डले उत्कृष्ट इकोनोमी क्लासको उपाधि पनि जितेको छ। यसलाई अस्ट्रेलिया र प्यासिफिकमा लामो दूरीको यात्राका लागि उत्कृष्ट एयरलाइनका रुपमा पनि स्थान दिइएको छ। यो एयरलाइन्सले सन् २०११ देखि आफ्नो इकोनोमी सेक्सनमा लाई–फ्ल्याट बेड सिटहरु उपलब्ध गराउँदै आएको छ। जसले ग्राहकलाई लामो उडानमा थप आराम दिन्छ।

इमिरेट्स

यो सूची पाँचौँ स्थानमा दुबईको एयरलाइन्स इमिरेट्स रहेको छ। यो एयरलाइन्सले बेस्ट प्रिमियम इकोनोमी र बेस्ट इन–फ्लाइट इन्टरटेनमेन्ट टाइटलको पनि जितेको छ। यो एयरलाइन वर्ष १९९० को प्रारम्भमा इकोनोमी यात्रुका लागि सिट–ब्याक भिडियो प्रस्तुत गर्ने पहिलोमध्ये एक हो। यसले त्यसबेलादेखि हवाई क्षेत्रको नेतृत्व गरेको छ।

एयरलाइनरेटिङ्स डटकमले एयरलाइन्सहरुको मूल्यांकनमा सुरक्षा र सरकारी अडिट समावेश गरेको छ। जसमा फ्लिट एज, यात्रु समीक्षा, नाफा, सुरक्षा मूल्यांकन, उत्पादन मूल्यांकन, नवीनता र फर्वार्ड फ्लिट अर्डरहरु गरी १२ प्रमुख मापदण्ड समावेश छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS