Connect IPS
IME Life

भोलिबाट बीमकसँग लाइभ तथ्यांक संकलन गर्दै बीमा प्राधिकरण, के छ तयारी ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले भोलि असार १५ गतेबाट सबै बीमकको तथ्यांक पूर्णतः वास्तविक समय (रियल टाइम) मा संकलन गर्ने भएको छ । अहिले बीमा नियामक सूचना व्यवस्थापन प्रणालीमार्फत् प्राधिकरणले बीमकसँग निश्चित अवधिको अन्तरालमा कारोबार तथ्यांक संकलन गर्दै आएको छ।

प्राधिकरणले पछिल्लो पटक जेठ २५ गते बीमकहरूलाई निर्देशन जारी गर्दै असार १५ गतेदेखि एपिआईमार्फत् लाइभ डाटा उपलब्ध गराउन निर्देशन जारी गरेको थियो । यसअघि पनि प्राधिकरणले २०८० कात्तिक २२ गते बीमकहरूलाइ परिपत्र जारी गर्दै २०८० मंसिर १८ गतेभित्र  युएटि एपिआई क्रेडेन्सियलको प्रयोग गरेर लाइभ डाटा उपलब्ध गराउन निर्देशन जारी गरेपनि बीमकले वास्तविक समयको कारोबार विवरण उपलब्ध गराएका थिएनन् ।

Prabhu
Crest

बीमकले आवधिकरूपमा उपलब्ध गराएको कारोबार तथ्यांकमा थुप्रै कैफियत फेला पारेपछि पारदर्शिता र प्रभावकारी अनुगमनका लागि पूर्णतः वास्तविक समयमै तथ्यांक (लाइभ डाटा)  संकलनको तयारी गरेको हो । प्राधिकरणले बीमकलाई गत वर्षको मंसिर महिनामा नै लाइभ डाटा शेयरिङका लागि आवश्यक प्राविधिक तयारी गर्न निर्देशन दिएको थियो ।

प्राधिकरणले पटक पटक प्रयास गरेपनि वास्तविक समयको कारोबार तथ्यांकलाई प्राधिकरणको केन्द्रिकृत सूचना प्रणालीमा एकीकृत गर्न पाएको थिएन, बीमकले आनाकानी गर्दै ढिलो गरी तथ्यांक उपलब्ध गराउने वा तथ्यांकमा केही हेरफेर गरेपछि मात्र उक्त प्रणालीमा पठाउने गरेका थिए ।  यो प्रणालीलाई पूर्णतः रियल टाइम बनाइएपछि अब बीमकले तथ्यांकमा छेडछाड गर्न पाउने छैनन् ।

तथ्यांकको सुरक्षामा आश्वस्त हुन सकेनन् बीमकः

प्राधिकरणबाट तथ्यांकको सुरक्षा र गोपनियता कायम रहने सम्बन्धमा भने बीमकहरू अझै पनि विश्वस्त हुन सकेका छैनन् । प्राधिकरणमा तथ्यांक सुरक्षा र सूचना प्रविधिको व्यवस्थापनमा करार र अस्थायी कर्मचारीको जिम्मेवारी रहेकाले जुनसुकै बेला पनि तथ्यांकको गोपनियतामा सम्झौता हुन सक्ने जोखिम रहेको छ ।

जागिरको असुरक्षाको भावना र तल्लो तहको पदीय जिम्मेवारीका कारण उनीहरू कुनै पनि समयमा अरूबाट प्रभावित हुने वा अनुचित प्रभावमा पर्नसक्ने जोखिम रहने बीमकको भनाई छ। यसबाहेक प्राधिकरणले तथ्यांकको भण्डारण, प्रशोधन, पुनःप्रयोग, तथ्यांकको सुरक्षा र गोपनियताको प्रत्याभूति समेत गर्नुपर्ने चुनौती छ।

कार्यालयबाट जारी अति गोप्य भनिएको पत्र सम्बन्धित बीमककोमा नपुग्दै सार्वजनिक जानकारीमा आइसकेको हुन्छ, प्राधिकरणको गोपनियताबारे जानकार एक बीमकले भने,नियामकले हामीलाई विश्वासमा लिन सक्नुपर्छ।

बीमकले पुरानो मितिमा कारोबार देखाएर जोखिम स्वीकार्ने प्रवृत्ती नरोकिए पछि एकीकृत सूचना व्यवस्थापन प्रणाली लागू गरेको हो । यो प्रणालीको कार्यान्वयनका माध्यमबाट बीमा क्षेत्रको वास्तविक कारोबार तथ्यांकमा पहुँच राख्न खोजेको छ। यसले बीमा क्षेत्रको वास्तविक तस्वीर छर्लङ हुने र यो क्षेत्रसँग सम्बन्धित अध्ययन अनुसन्धानका लागि पनि प्राधिकरणलाई सहयोग हुनेछ ।

एक पटक प्रणालीमा प्रविष्ट गरि सकेको तथ्यांकलाई कुनै पनि बहानामा बीमकले सच्याउने वा तलमाथि गर्ने अवसर पाउँदैनन्,प्राधिकरणका एक अधिकारीले भने,यसले उनीहरूलाई पूर्ण जिम्मेवारीपूर्वक कारोबार गर्न र व्यवसायीकता कायम गर्न नैतिक दबाब पर्नेछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

0%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS