Connect IPS
IME Life

के यति एयरको दुर्घटनाको क्षतिपूर्ती विवाद नै हिमालयन एभरेष्टका सीईओ बर्खास्तीको कारण हो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत पदबाट हटाइएका विजय बहादुर शाहको बर्खास्तीका पछाडी दाबी भुक्तानीको विषयमा सञ्चालक समितिसँगको विवाद मुख्य कारण रहेको खुल्न आएको छ ।

पछिल्लो समयमा शाहले दाबी भुक्तानी दिन आनाकानी गर्दै बीमितलाई क्षतिपूर्ती नदिएकाले गुनासो बढेको भन्दै सञ्चालक समितिले दाबी भुक्तानी गर्न निर्देशन दिएपनि शाहले रिजर्भेशन राखेका थिए । उनले बीमित पक्षबाट दाबी गरेपनि दाबी भुक्तानी दिने पर्याप्त आधार नभएको भन्दै दाबी भुक्तानी दिन अस्वीकार्दै आएका थिए ।

Prabhu
Crest

शाहको अमेरिका भ्रमण पूर्व समेत केही ठूलो रकमको दाबी भुक्तानीका विषयमा सञ्चालक समिति र उनीबीच छलफल भएको थियो, तर शाह विदेश भ्रमणबाट फर्किएपछि पनि आफ्नो अडानमा कायमै रहे । प्रतिकृया स्वरूप सञ्चालक समितिले उनलाई झण्डै दुई वर्ष कार्यकाल बाँकी छँदै पदमुक्त गरिदियो । बर्खास्त गरिएका शाहले कानूनी उपचार खोज्ने बाटो खुल्ला छ । एनएलजी इन्स्योरेन्समा समेत प्रमुख कार्यकारी अधिकृत रहि सकेका शाहको एनएलजी इन्स्योरेन्ससँगको लेनदेनको विवाद अझैसम्म पनि जारी छ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले पछिल्लो समयमा हवाई बीमामा पुनर्बीमा समर्थनमा ठूलो जोखिम बेहोरेको छ। हिमालयन एभरेष्टले दाबी भुक्तानी दिन बाँकीमध्ये यति  एयरलायन्सको दाबी भुक्तानीको विषय पनि हो ।

२०७९ माघ १ गते पोखरामा यति एयरको एटिआर ७२ विमान दुर्घटनाको क्षतिपूर्ती दाबीको विषय अझैसम्म पनि हिमालयन एभरेष्ट इन्स्योरेन्सले टुङ्गो लगाएको छैन । पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको विमान दुर्घटना जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन आयोगले  दुर्घटनाको पछाडी मानवीय त्रुटी हुनसक्ने उल्लेख गर्दै प्रतिवेदन सार्वजनिक गरेको थियो । आयोगले २०७९ फागुन ३ गते छानबिन प्रतिवेदन सार्वजनिक गरेको थियो ।पाइलटबाट भएको मानवीय त्रुटीका कारण दुबै कण्डिशन लिभरहरू तानिएर फेदर कण्डिशनमा गएको भन्ने छानबिन समितिको निष्कर्षमाथि सम्बन्धित विज्ञले प्रश्न उठाएका छन् । आयोगले औंल्याएको दुर्घटनाका कारणलाई आइकाओको प्राविधिक प्रतिवेदनले पनि पहिले नै औंल्याएको थियो ।

हिमालयन एभरेष्टले जोखिमको अत्यन्तै न्यून अंश आफूसँग राखेर बाँकी विदेशी पुनर्बीमकलाई हस्तान्तरण गरेको छ। यति एयरको दुर्घटनामा परेको विमानको पुनर्बीमा हाउडेन, म्याक गिल एण्ड पार्टनर्ससँगको सहकार्यमा एक्जा एक्जएल पुनर्बीमाले जोखिम स्वीकारेको थियो ।

यति एयरको विमान दुर्घटनाको दाबी भुक्तानीको विषयलाई लिएर पटक पटक नेपाल बीमा प्राधिकरणमा दुबै पक्षबीच प्राधिकरणको मध्यस्थतामा वार्ता भएपनि सहमति हुन सकेको छैन । पछिल्लो समयमा प्राधिकरणका कार्यकारी निर्देशक पदबाट राजु रमण पौडेलको अवकाश हुनु केही समय अघि मात्र  पनि दुबै पक्षबीच यो विषयमा छलफल भएको थियो । छलफलमा एशियन लाइफका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ यति होल्डिङ्सको प्रतिनिधिको हैसियतमा उपस्थित भएपछि बैठकमै शाहले कसले निम्त्याएको भन्दै आपत्ती जनाएका थिए ।

दाबी भुक्तानी दिने मामिलामा विजय बहादुर शाह सख्त छन्, मुठ्ठी कसिलो पारेर राख्ने उनको बानी नै छ, शाहबारे नजिकबाट जानकारी राख्ने एक बीमकले भने, नेपाल इन्स्योरेन्स, एनएलजी देखि हिमालयन एभरेष्टसम्म पनि दाबी भुक्तानीको विषय नै उनको मुख्य समस्या देखिने गरेको छ। हिमालयन एभरेष्टमा पनि अहिले थुप्रै दाबी अड्किएका छन्, प्राधिकरणमा यस विषयमा उजुरी पनि परेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

25%

दु :खी

75%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS