IME Life
GBIME

नेप्सेमा ८ अंकको गिरावट हुँदा १८८ कम्पनीको शेयर भाउ घट्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ८ दशलमव २४ अंकले घटेर २,०५१ को विन्दुमा कायम भएको छ । आज ४७ कम्पनीको मूल्य बढेको छ भने १८८ कम्पनीको मूल्य घटेको छ ।

आज दिनभरिमा ३३३ कम्पनीको ८९ लाख १ हजार १९५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७१ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २२ करोड ७६ लाख रुपैयााको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २१ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनाइटेड इदी मर्दिको १२ करोडको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै त्रिशुली जलविद्युतका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनकि ालगानीकर्ताले ७ दशलमव ०९ प्रतिशतका दरले कमाएका हुन् । महालक्ष्मी डिबेञ्चरका इकाईधनीले ६ प्रतिशतका दरले कमाएका छन् । एग्रिकल्चर डेभलपमेन्ट बैंक डिबेञ्चरका इकाईधनीले ५ दशलमव ७७ प्रतिशतका दरले कमाएका छन् । मैलुङ खोला जलविद्युतका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS