Connect IPS
IME Life

सिंगापुर एयरलाइन्सबाट खोसियो ताज, कतार एयरवेज बन्यो विश्वकै उत्कृष्ट एयरलाइन्स

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिंगापुर एयरलाइन्सबाट विश्वकै उत्कृष्ट एयरलाइन्सको ताज खोसिएको छ। सन् २०२४ का लागि कतार एयरवेज विश्वकै उत्कृष्ट एयरलाइन्स बनेको छ।

स्काईट्रयाक्सले विश्वकै उत्कृष्ट एयरलाइन्सको सूची तयार गरेको हो। जसमा कतार एयरवेज विश्वकै उत्कृष्ट एयरलाइन्सको उपाधि जित्न सफल भएको छ।

Prabhu
Crest

आफ्नो २५ वर्षे इतिहासमा कताले यो आठौँपटक विश्वकै उत्कृष्ट एयरलाइन्स बन्न सफल भएको हो। सिंगापुर एयरलाइन्स भने यो सूचीको दोस्रो स्थानमा झरेको छ।

गुणस्तर सेवा, समस्या समाधान क्षमता, विमान संख्या र क्षमता तथा दुर्घटना इतिहासका आकारमा स्काईट्रयाक्सले उत्कृष्ट एयरलाइन्सहरुको सूची तयार गरेको हो। कतार एयरलाइन्ससँग २३० विमान छन्।

उत्कृष्ट १० एयरलाइन्सको सूचीमा तेस्रोदेखि १० औँसम्म क्रमशः इमिरेट्स (यूएई), एएनए अल निप्पोन एयरवेज (जापान, क्याथवे प्यासिफिक (हङकङ), टर्किस एयरलाइन्स (टर्की), ईभीए एयर (ताइवान), एस फ्रान्स (फ्रान्स) र स्विस इन्टरनेसनल एयरलाइन्स (स्विट्जरल्यान्ड) रहेका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

94%

खुसी

0%

दु :खी

6%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS