GBIME
IME Life

दोहोरो अंकले घटेको बजारमा १९४ कम्पनीको शेयर भाउमा गिरावट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । लगातार ३ दिन बढेको बजार आज बुधबार भने घटेर बन्द भएको हो । आज शेयर बजार नेप्से परिसूचक ११ दशलमव ६० अंकले घटेर २,०६० को विन्दुमा कायम भएको छ । आज ४७ कम्पनीको मूल्य बढेको छ भने १९४ कम्पनीको घटेको छ ।

आज दिनभरिमा ३०५ कम्पनीको ८७ लाख २७ हजार १६४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको कारोबार भएको छ । आज यस कम्पनीको १६ करोड ४६ लाख रुपैयााको शेयर कारोबार भएको छ । गुडविल फाइनान्सको १५ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १३ करोड ३३ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

SKYWELL
Crest

आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानकिर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ५५ प्रतिशतका दरले कमाएका छन् । शिभ श्री हाइड्रोपावरका लगानकिर्ताले ७ दशलमव २६ प्रतिशतका दरले कमाएका हुन् । गणपति लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७ दशलमव १३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै साधना लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ६ दशलमव ३८ प्रतिशतका दरले गुमाएका हुन् ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS