GBIME
IME Life

यामाहाले विकास गर्यो अचम्मको प्रविधि, बाइकमा न क्लच न लिभर, हातैले चेन्ज गर्न सकिन्छ गियर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एक समय थियो, जब दुईपांग्रे कम्पनीहरुबीच रफ्तारको प्रतिस्पर्धा हुन्थ्यो। यसको मतलब कुन कम्पनीले सबैभन्दा छिटो बाइक उत्पादन गर्न सक्छ। तर, अहिले प्रतिस्पर्धाको यो दौड प्रविधि र विशेषतातर्फ सरेको छ। यसको मतलब यो हो कि अब कम्पनीहरुले यस्तो प्रविधिको विकासमा ध्यान केन्द्रित गरिरहेका छन् ता कि दैनिक ड्राइभिङलाई अझ राम्रो र सजिलो बनाउन सकिन्छ। सामान्यतया मोटरसाइकल सवारहरुका लागि गियर–सिफ्टिङ एउटा कठिन प्रक्रियाजस्तो लाग्छ। तर, अब जापानको अग्रणी कम्पनी यामाहाले यसको समाधान निकालेको छ।

जापानी कम्पनी यामाहा दुईपांग्रे सवारी उद्योगमा ठूलो नाम हो। यसपटक कम्पनीले केही नयाँ गर्ने सोचका साथ नयाँ प्रविधि विश्वसामु ल्याएको छ। कम्पनीले बाइकका लागि नयाँ अटोमेटेड म्यानुअल ट्रान्समिसन गियरबक्स विकास गरेको छ। जसलाई यामाहा वाई–एएमटी नाम दिइएको छ। यो नयाँ प्रविधिले बाइक ड्राइभिङको अनुभवलाई पूर्ण रुपमा परिवर्तन गर्ने क्षमता राखेको छ।

SKYWELL
Crest

दुईपांग्रे सवारी उद्योगका लागि अटोमेटिक ट्रान्समिसन प्रसारण कुनै नयाँ कुरा होइन। आज विश्वभर बेच्ने लगभग ९० प्रतिशत स्कुटरहरुले कन्टिन्युअसली भेरिएबल ट्रान्समिसन (सीभीटी) प्रयोग गर्छन्। यो एक प्रकारको अटोमेटिक ट्रान्समिसन हो। उदाहरणका लागि भारतमा होन्डाले आफ्नो स्कुटरमा सीभीटी प्रविधि प्रयोग गर्छ।

यस्तै मार्गमा यामाहाले विशेषगरी मोटरसाइकलका लागि यो नयाँ अटोमेटिक ट्रान्समिसन विकास गरेको छ। यामाहा अटोमेटेड म्यानुअल ट्रान्समिसन (वाई–एएमटी)ले अत्याधुनिक गियर सिफ्टिङ टेक्नोलोजीसहितको नयाँ युगको सुरुआत भएको कम्पनीले जनाएको छ। जसले स्पोर्ट्स राइडिङमा नयाँ आयाम थप्नेछ। उच्च गतिमा पनि द्रुत गियर–सिफ्टिङले चालकको ड्राइभिङ अनुभवलाई सुधार गर्नेछ।

यस प्रविधिमा परम्परागत मोटरसाइकलमा उपलब्ध गराइने फुट–पेग गियर लिभरको सट्टा ह्यान्डलबारमा गियर बटनहरु दिइनेछ। यसको मतलब यो हो कि चालकले गियर परिवर्तन गर्न आफ्नो खुट्टा प्रयोग गर्नु पर्दैन बरु आफ्नो औंलाले सजिलै बाइकको गियर परिवर्तन गर्न सक्छ। कम्पनीले यसको भिडियो पनि सार्वजनिक गरेको छ। जसका अनुसार यो प्रणाली प्रयोग गरिने बाइकमा न त फुट–चेन्ज गियर लिभर हुनेछ न त क्लच प्रयोग गरिनेछ। सम्पूर्ण गियर परिवर्तन प्रक्रिया या त चालकद्वारा बटन थिचेर म्यानुअल रुपमा गर्न सकिन्छ वा वाई–एएमटी प्रणालीद्वारा स्वचालित रुपमा गरिन्छ।

बाइकको ह्यान्डलबारमा दुईवटा स्विचगियर (+) र (–) प्रदान गरिनेछ। जसलाई गियर बढाउन वा घटाउन औंलाले सजिलै थिच्न सकिन्छ। यसबाहेक प्रयोगकर्ताले एटी/एमटीका रुपमा दुईवटा ड्राइभिङ मोडहरु पनि प्राप्त गर्नेछन्। यसको मतलब चालकले बाइकलाई म्यानुअल ट्रान्समिसन र अटोमेटिक ट्रान्समिसन मोडहरुबीच स्विच गर्न सक्छ। यसलाई म्यानुअल मोडमा राख्ने बित्तिकै चालकले आफ्नो औंलाले गियर नियन्त्रण गर्नुपर्नेछ भने अटोमेटिक मोडमा प्रयोगकर्ताले यसलाई स्कुटर जस्तै चलाउन सक्नेछन्।

यसका साथै बाइकको स्विचगियरमा मोड बटन पनि दिइनेछ। जसले यामाहाको स्वचालित प्रणालीलाई ‘डी’ र ‘डी प्लस’मा परिवर्तन गर्ने मौका दिनेछ। यहाँ ‘डी’ भनेको बाइकलाई आरामदायी गियर परिवर्तन गर्ने मोडमा राख्नु हो। जुन प्रयोगकर्ताले सहरमा सामान्य ड्राइभिङका लागि प्रयोग गर्न सक्छन्। जब कि ‘डी प्लस’ मोडमा इन्जिनलाई उच्च रेभ्सका लागि स्विच गर्न सकिन्छ। जसले बाइकलाई राम्रो गति दिन्छ। तर, यो प्रणाली प्रिमियम बाइकका लागि मात्र प्रयोग हुनेछ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

82%

खुसी

0%

दु :खी

5%

अचम्मित

14%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS