काठमाडौं । असार ११ गते मंगलबार नेप्से परिसूचक २०७१.७७ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ५.६० अंकले बढेको छ।
४ अर्ब १८ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ । ब्रोकर नम्बर ५८ बाट ४३ करोड ९३ लाखको कारोबार भएको छ जसमा २३ करोड ४ लाखको खरीद छ भने २० करोड ८९ लाखको विक्री छ ।
त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४२ बाट १८ करोड ४७ लाखको खरीद छ भने २४ करोड ९२ लाखको विक्री छ । आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये ४ ब्रोकरले खरिद धेरै गरेका छन् भने एकबाट विक्री धेरै भएको छ।