काठमाडौं । शेयर बजार मंगलबार पनि सामान्य अंकले उकालो लागेको छ। नेप्से परिसूचक ५.६० अंकले बढेर २०७१.७७ को विन्दुमा बन्द भएको छ।
आज १५१ कम्पनीको शेयरभाउ बढ्दा ८८ वटाको घटेको छ। यो दिन ८ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बढेको बजारमा आज ४ अर्ब १८ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार आरएसडीसी लघुवित्तको भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी
- आरएसडीसी लघुवित्तः १४ करोड ८३ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः १२ करोड ६२ लाख रुपैयाँ
- नेपाल फाइनान्सः ९ करोड ६९ लाख रुपैयाँ
- पोखरा फाइनान्सः ९ करोड ४९ लाख रुपैयाँ
- हाथवे इन्भेस्टमेन्टः ८ करोड ५४ लाख रुपैयाँ
- माउन्टेन इनर्जीः ७ करोड ६२ लाख रुपैयाँ
- समृद्धि फाइनान्सः ७ करोड ३२ लाख रुपैयाँ
- सिक्लेस हाइड्रोपावरः ७ करोड १२ लाख रुपैयाँ
- गोर्खाज फाइनान्सः ६ करोड ३३ लाख रुपैयाँ
- शिवम सिमेन्टः ६ करोड १३ लाख रुपैयाँ