GBIME
IME Life

करिब ६%ले बढ्यो बीमकको व्यापार, अझै ५६% जनसंख्या बीमाको पहुँचबाट टाढै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिना जेठसम्म बीमा कम्पनीहरुले करिब पौने २ खर्ब रुपैयाँको व्यवसाय गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार जेठसम्म जीवन र निर्जीवन बीमकहरुले १ खर्ब ७० अर्ब ३२ करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

यो तथ्यांकअनुसार बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ५.९६ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बीमा कम्पनीहरुले १ खर्ब ६० अर्ब ७४ करोड २६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए।

SKYWELL
Crest

चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुले १ खर्ब ३३ अर्ब ७५ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ७.४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कम्पनीहरुले १ खर्ब २४ अर्ब ५४ करोड ३८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए।

यसैगरी अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क समीक्षा अवधिसम्म १.०२ प्रतिशतले बढेर ३६ अर्ब ५६ करोड ९१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ३६ अर्ब १९ करोड ८८ लाख रुपैयाँ थियो।

हाल नेपालमा १४ जीवन बीमा, १४ वटा निर्जीवन बीमा, ३ वटा लघु जीवन बीमा र ३ वटा लघु निर्जीवन बीमा कम्पनीहरु सञ्चालनमा छन्।

चालु आर्थिक वर्षको ११ महिनामा जीवन बीमकहरुले १ करोड ४० लाख ८९ हजार ६२२ वटा बीमालेख जारी गरेका छन्। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ०.१४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमकहरुले १ करोड ४० लाख ६९ हजार ९३७ वटा बीमालेख जारी गरेका थिए।

निर्जीवन बीमकहरुले जारी गरेको बीमालेख भने अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ६.९२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिसम्म निर्जीवन बीमा कम्पनीहरुले २५ लाख ३७ हजार ४१६ वटा बीमालेख जारी गरेकोमा समीक्षा अवधिसम्म बढेर २७ लाख १३ हजार ७१ पुगेको छ।

बीमा प्राधिकरणको तथ्यांकअनुसार नेपालको कुल जनसंख्याको ४३.९५ प्रतिशत मानिस बीमाको दायरामा रहेका छन्। अघिल्लो वर्ष कुल जनसंख्याको ४४.२० प्रतिशत जनसंख्या बीमाको दायरामा रहेका थिए।

बीमा कम्पनीहरुको व्यापार बढे पनि अझै ५६ प्रतिशतभन्दा बढी जनसंख्या बीमाको पहुँचबाट टाढा रहेको छ।

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS