GBIME
IME Life

जीवन बीमा कम्पनीको व्यवसाय १ खर्ब ३३ अर्ब माथि, कुनले कति गरे संकलन ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको जेठ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले १ खर्ब ३३ अर्ब बढी कुल बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिरकणको तथ्याङक अनुसार १ करोड ४० लाख १२ हजार ३०२ वटा बीमा पोलिसी विक्री गरी कुल १ खर्ब ३३ अर्ब ६२ करोड ५८ लाख रुपैयाँ कुल बीमा शुलक संकलन गरेका हुन् ।

यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कुल बीमा शुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा ३५ अर्ब ५६ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिमा १५ अर्ब ९८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । तेस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले १५ अर्ब ८९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ त्यस्तै, हिमालयन लाइफले १४ अर्ब ६४ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । सूर्यज्योति लाइफले ८ अर्ब रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । एशियन लाइफले ७ अर्ब २ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले ५ अर्ब ९५ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । सिटिजन लाइफले ५ अर्ब २९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

SKYWELL
Crest

त्यसैगरी सानिमा रिलायन्स लाइफले ५ अर्ब ३२ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । मेट लाइफले ५ अर्ब ८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । आइएमई लाइफले ४ अर्ब ४ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले ३ अर्ब ७१ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले ३ अर्ब ६९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । सन नेपाल लाइफले ३ अर्ब ३९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS