GBIME
IME Life

कृषि सहकारी संस्थाहरुसँग बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालयले कृषि सहकारी संस्थाहरुसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाल बीमा प्राधिकरण, प्रदेश कार्यालय प्रमुखपूर्ण बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा डा. प्रवेश सिँह कुवर, निर्देशक, पशुपन्छी तथा मत्स्य बिकास निर्देशनालय, अतिथि अध्यक्ष, बोलबम दुग्ध सहकारी संस्था, अतिथि भुवन क्षेत्री,१ नम्वर वडा अध्यक्ष, सैनामैना नगरपालिका, अतिथिमा बरिष्ठ चिकित्सक, पशुपन्छी तथा मत्स्य बिकास निर्देशनालयका लोकराज भुषाल रहेका थिए ।

कार्यक्रम नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक मो. दिल्दार अंसारीले सञ्चालन गरेका थिए । कार्यक्रममा सैनामैना नगर पालिकामा रहेका कृषि सहकारी संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम गर्नका लागि बोलबम दुग्ध सहकारी संस्थाले समन्वय भूमिका निर्वाह गरेको थियो ।

SKYWELL
Crest

नेपाल बीमा प्राधिकरणका प्रदेश प्रमुख पूर्ण बहादुर थापाले नेपाल बीमा प्राधिकरणको परिचय, प्राधिकरणको संचालक समिती सम्बन्धी व्यवस्था, प्राधिकरणको प्रमुख कार्यक्षेत्र, बीमा, जोखिम र उपाय, बीमाको महत्व र प्रकार, बीमाका केही सान्दर्भिक विषयहरु, नेपाली बीमा बजारको हालको अवस्था, नेपाल सरकारबाट बीमा प्रवर्द्धनका लागि गरिएका प्रयास, गैर सरकारी संस्थाको उद्देश्यमा प्राप्तीमा बीमा व्यवसायको हुनसक्ने सहकार्य, गैर सरकारी संस्थासँग प्राधिकरणले गरिएको अपेक्षा लगायतका विषयमा जानकारी दिएका थिए ।

कृषि तथा लघु बीमा सम्बन्धी अन्तरकृया कार्यक्रममा पशुपन्छीको वास्तविक मूल्य र बीमांक कायम गर्ने मूल्यमा कम्पनी अनुसार फरक देखिएको, जनावरको लागि समयमै खोपको ब्यवस्था नहुँदा बीमा गराउन समस्या रहेको, बीमकले कृषि तथा पशुपन्छी बीमा गर्न नमानेको जसको कारणले कृषकहरु मारमा परेको, बीमा कम्पनीले बीमा गर्न स्थगित गर्दा कृषि तथा पशुपन्छीको बीमा नहुनाले त्यस्तो अवस्थामा कृषकको कृषि तथा पशुपन्छीको हानि नोक्सानी भयो भने कसले वहन गर्ने, बीमा कम्पनीले समयमै दावी भुक्तानी नदिएको, बीमा सजिलै गर्ने तर दावी भुक्तानीको प्रकृया जटिल रहेको। कोरोना बीमाको दावी रकम अहिलेसम्म पनि भुक्तानी नपाएको, प्राधिकरणले सरल र सुलभ तरिकाले बीमा दावी भुक्तानी पाउने खालका सम्बन्धी व्यवस्था लागू गर्नुपर्ने, बीमा प्राधिकरणले बीमा कम्पनीलाई प्रभावकारी रुपमा नियमन गर्नु पर्ने, सहकारी आफैले कृषि तथा पशुपन्छी बीमा गर्न पाउने ब्यवस्था ल्याउनु पर्ने, कृषि बीमा आजको अवश्यकता हो तर कृषि बीमा गर्न कृषकले बीमा कम्पनी खोज्नु पर्ने बाध्यता भएको, बीमा अभिकर्ता तथा क्षति मूल्याङ्कन कर्तालाई बीमा सेवा तथा दावी पर्दा सहयोग गर्न आग्रह गरेको, बीमा प्राधिकरणले जारी गरेको कृषि, पशुपन्छी तथा जडिबुटी बीमा निर्देशिकालाई समय सापेक्ष परिमार्जन गर्नु पर्ने लगायतका विषयमा जिज्ञासा राखेका थिए ।

नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले आयोजना गरेको कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख पूर्ण बहादुर थापाले उपस्थितिले उठाएका समस्या तथा जिज्ञासाहरुको उत्तर दिंदै कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए ।

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS