काठमाडौं । विद्युतीय भुक्तानी सेवा प्रदायक कनेक्ट आइपिएसले जीवन बीमाशुल्कको भुक्तानीका लागि प्रेरित गर्न नगद छुट सहितको योजना सञ्चालन गरिरहेको छ ।
कनेक्ट आइपिएसमार्फत् नविकरण बीमाशुल्क भुक्तानी गर्नेमध्ये प्रत्येक हप्ता १० जना भाग्यशालीले एक हजार रूपैयाँ नगद फिर्ता पाइरहेका छन् । यसबाहेक प्रत्येक महिना १ जना भाग्यशालीले पुरै बीमाशुल्क वा ४० हजार रूपैयाँसम्म रकम फिर्ता पाउनेछन्, कनेक्ट आइपिएसले नै बीमितको तर्फबाट बीमाशुल्कको रकम व्यहोरिदिन्छ।
जेठ ६ गतेदेखि शुरू गरिएको यो अभियान अन्तर्गत चार पटकमा कुल ४० जना साप्ताहिक बिजेताले ४० हजार रूपैयाँ क्यास ब्याक पाइ सकेका छन् । कनेक्ट आइपिएसका अनुसार नगद छुटको योजना लागू गरिएपछि नविकरण बीमाशुल्कको भुक्तानीका लागि कनेक्ट आइपिएसको प्रयोग बढेको छ।
यो योजना साउन ३२ गतेसम्म लागू गरिएको छ ।