काठमाडौं । आज शेयर बजार नेप्से परिसुचक ३ दशदमव २१ अंकले बढेर २,०६६ को विन्दुमा कायम भएको छ । आज १४२ कम्पनीको शेयर मूल्य बढेको छ भने ९४ कम्पनीको शेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै फाइनान्स उपसूचक २ दशलमव ११ प्रतिशतले बढेको छ । फाइनान्स उपसूचकमा लगानीकर्ता आकर्षित देखिएको छ ।
आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनी र गणपति लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगनीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । मकर जितुमायाका लगानीकर्ताले ७ दशलमव २१ प्रतिशतका दरले कमाएका छन् । शिभ श्री हाइड्रोपावरका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।