काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको १५ लाख कित्ता शेयरको लकइन अवधि आज असार १० गतेबाट सकिदै छ। कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ करोड कित्ता साधारण शेयर सर्वसाधारणलाई २०८० मंसिर २७ गतेदेखि पुस २ गतेसम्म बिक्री खुला गरेको थियो। त्यतिबेला सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको १५ लाख कित्ता शेयर नेपाल धितोपत्र बोर्डको निर्देशनबमोजिम पुस ११ गतेबाट ६ महिनाका लागि लकइनमा राखिएको थियो। सोही शेयरका लकइन अवधि आज असार १० गतेबाट सकिने कम्पनीले जानकारी गराएको हो।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।
- लेखकबाट थप:
- अस्पतालका प्रशासन प्रमुख अभिकर्ता बनेर बीमा बुझाउँदै, ‘सामाजिक पेसा भएकोले यतातिर लागेँ’
- व्यवस्थापनविरूद्ध देशव्यापी आन्दोलन चर्काउन अभिकर्ता भेला गर्दै पेशागत संघ
- एउटै बेडको लागत साढे दुई करोड नाघेको तीनकुनेको काठमाडाैं इन्टरनेशनल अस्पताल
- पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्षमा कोइराला