GBIME
IME Life

एक महिनामा निर्जीवन बीमकको ब्यापार साढे ३ अर्ब, कुनले कति गरे संकलन ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले जेठ महिनामा मात्रै करिब साढे ३ अर्ब रुपैयाँको नयाँ ब्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याङक अनुसार कम्पनीहरुले एक महिनामा २ लाख १५ हजार ६१० वटा बीमा पोलिसी विक्री गरी ३ अर्ब ४५ करोड ४६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका हुन् ।

यस अवधिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले धेरै बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिमा ४८ करोड १३ लाख रुपैयाँ कुल बीमा शुलक संकलन गरेका छन् । दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा ४० करोड ८२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । तेस्रोमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा ३५ करोड ५५ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

SKYWELL
Crest

त्यस्तै, आइजिआई प्रुडेन्यिसल इन्स्योरेन्स कम्पनीले ३२ करोड ४४ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३० करोड ५४ लाख रुपैयाँ कुल बीमा शुलक संकलन गरेको छ । सानिमा जिआइसी इन्स्योरेन्सले २७ करोड ३ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले २३ करोड ६५ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले २२ करोड १८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।त्यसैगरी यूनाइटेड अजोड इन्स्योरेन्सले २१ करोड ८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले १९ करोड १४ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । नेपाल इन्स्योरेन्स कम्पनीले १४ करोड ३५ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । प्रभु इन्स्योरेन्स कम्पनीले १२ करोड ८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । ओरिएण्टल इन्स्योरेन्सले १० करोड ९१लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । नेशनल इन्स्योरेन्सले ७ करोड ५६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS