काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार झिनो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक ५.३७ अंकले घटेर २०६२.९४ को विन्दुमा झरेको हो।
सामान्य घटेको बजारमा आज ७८ कम्पनीको शेयरभाउ बढेको छ भने १६४ कम्पनीको घटेको छ। आज ५ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
यो दिन बजारमा ३१७ कम्पनीका ९५ लाख ६१ हजार ७२७ कित्ता शेयर ४ अर्ब ३७ करोड ४५ लाख ९७ हजार ४५८ रुपैयाँमा किनबेच भएको छ। आज पोखरा फाइनान्सको सर्वाधिक कारोबार भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी
- पोखरा फाइनान्सः १७ करोड १३ लाख रुपैयाँ
- नेपाल फाइनान्सः १३ करोड ५८ लाख रुपैयाँ
- रिलायन्स फाइनान्सः १३ करोड १६ लाख रुपैयाँ
- माउन्टेन इनर्जीः ११ करोड ११ लाख रुपैयाँ
- माण्डु हाइड्रोपावरः ९ करोड ९३ लाख रुपैयाँ
- समृद्धि फाइनान्सः ९ करोड ७७ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः ९ करोड ६१ लाख रुपैयाँ
- प्रोग्रेसिभ फाइनान्सः ९ करोड ६० लाख रुपैयाँ
- गोर्खाज फाइनान्सः ८ करोड ६३ लाख रुपैयाँ
- मल्टीपर्पस फाइनान्सः ८ करोड ४८ लाख रुपैयाँ