IME Life
GBIME

बीमा कम्पनीको प्रतिफललाई चुक्तापुँजीका आधारमा मात्र तुलना गर्नु हुँदैनः सीईओ प्रसाईं

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नियामकिय भुमिका हुँदै बीमा कम्पनीको कार्यकारी प्रमुखको भुमिका निर्वाह गर्ने अवसर एकदमै कमलाई हुन्छ । बीमा आफैमा प्राविधिक क्षेत्र हो अझ सबैभन्दा धेरै नियमनको दायरामा रहने पेशा पनि हो । बीमा क्षेत्रलाई राम्रोसँग बुझेका मध्येमा पर्छन चार्टर्ड एकाउन्टेन्ट सीए ‘सन्तोष प्रसाईं’ । उनी हाल प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको सीईओका रुपमा कार्यरत छन्। मर्जरपछि कम्पनीको व्यवस्थापनलाई हाँकिरहेका उनै सीईओ प्रसाईसँग ‘इन्स्योरेन्स टक’ले गरेको कुराकानीको सम्पादित अंशः

तपाई मर्जरबाट गुज्रिएको कम्पनी प्रभु महालक्ष्मीको सीईओ हुनुहुन्छ। पुँजी बढ्यो त्यही आकारमा व्यवसाय बढेको छ कि छैन ?

Crest

पुँजी र मर्जर फरक पाटो हो। अहिले तपाइँले नेपालका ठूला कम्पनीहरु हेर्नुभयो भने जसले विगत १५–१६ वर्षदेखि काम गरिरहनुभएको छ। उहाँहरुको पनि पुँजीबराबरको प्रिमियम पुग्न सकेको छैन। फर्स्ट प्रिमियमको कुरा गर्दा। अब रिन्युअलमा त उहाँहरु र हामी सबै ठीकै छौँ। अहिलेको हकमा हामी दुवै कम्पनी ६–७ वर्षको अनुभवले एक भएका हौँ। हामीले दुवैको जोड्दा पुँजी त ५ अर्ब रुपैयाँ पुग्यो तर बिजनेस दुवैको ६०–७० करोडको हाराहारीमा थियो। त्यो गरेर हामी १.५ मा पुगेका छौँ। लाइफ इन्स्योरेन्स भनेको लामो समयको व्यवसाय हो। ४–५ वर्ष त यसका लागि इन्फ्यान्टमात्रै हो।

सिनर्जीको कुरा हामी गर्दै थियौँ। तपाइँहरुले पहिले सिंगल कम्पनीको नेतृत्व र अहिले दुईको गर्दा व्यवसाय एकबाट दुई, दुईबाट तीन, तीनबाट चारमा पुग्यो कि ?

यो चाहिँ लिडरसिपमा भरपर्ने कुरा हो। सिनर्जीमा विभिन्न वे अफ वर्किङबाट काम हुने हो। नेपालमा अहिले नै आनन्दले इच्छा भएर भएका मर्जरहरु कम छन्। अब त्यो अगाडि गएर मर्जर किन भयो भनेर फाइदा छैन। अब मर्जरलाई केही समय लिन्छ। अहिले हामी साइकोलोजिकल्ली कामका लागि तयार भएको अवस्थामा छौँ। अब नाउ अ डेज टु कम भन्नेमा हामी छौँ।

तपाइँले क्लियर भन्नु न। मर्जरको बेलामा तपाइँहरुले ह्युमन क्यापिटललाई व्यवस्थापनमा चुक्नु भयो भन्ने छ नि ?

यसमा यस्तो हो। दुईवटा कम्पनी मर्ज भइरख्दा कतिले इच्छा होलान्, नहोलान्। त्योभन्दा पनि जुन स्थितिमा छ। त्यहाँबाट अघि बढ्ने हो। इगोले पनि समस्या पारेका छन्। अब हामीले नो भन्दा पनि कहीँ मिट हुने हिसाबले काम गर्न जरुरी छ। हाम्रै कम्पनीको कुरा गर्दा पनि एउटा टप लेभल भीआरएस लिएर जानुभयो। काम गर्ने माहोल चाहिँ बनेको छ। प्रोगेसिभली लास्ट इयरको ४ महिना र अहिलेको ४ महिना हेर्ने हो भने हामी बेटरअप भइरहेका छौँ। बिजनेस कसरी हेर्ने भन्ने छ। हामी कन्भेन्सेनल बिजनेस गरिरहेका छौँ। त्यो भनेको सस्टेन्ड हुने खालको बिजनेस पनि हो। अर्को भनेको फरेन एक्सपार्ट भन्ने पनि छ। नेपालमा पहुँचका आधारमा भारत र भुटानभन्दा राम्रो छ। जीडीपीमा योगदान राम्रो छ तर सस्टेनेबल प्रिमियर लिएर लाइफ फन्ड बढाउनुपर्छ।

बीमा फोर्स सेल नै हो। बुझाएर गर्न सकिन्छ कि ?

नेपालको कन्टेक्स्टमा फोर्स सेल नै हो। यो इन्कमले निर्धारण गर्छ। हाम्रो प्रायोरिटीले यसमा भर पर्छ। जम्मा एक हजारमात्र खर्च हुन्छ। अहिले अनलाइनबाटै लाइसेन्स लिनुपर्छ। तर, यसमा दुःख गर्नुपर्छ। तपाइँहरुले पनि मिडियामा दुःख गर्नुभयो होला।

बीमा अलि बढी नै प्राविधिक भयो। धेरै कुरा बुझिएन भन्ने पनि छ नि ?

त्यो आजभन्दा ८ वर्ष अगाडि जस्तो थियो, त्योभन्दा परिवर्तन छ। म आफैँले बुझ्दा यो बचत नै हो। सानो इन्कमबाट पनि सेभ गर्न सकिन्छ। आपतमा चाहिन्छ भनेर बीमा गर्ने हो। हाम्रोमा इन्ट्रेस्ट रेट राम्रो भएकाले यहाँबाट पाउने बोनस पनि राम्रै हुन्छ। तपाइँहरुले जापानतिर जानुभयो १–२ प्रतिशतमात्रै छ। अरु युरोपमा पनि कम छ। लगानीभन्दा कम पाइन्छ।

बोनस २० देखि ९५ दिन्छौँ भन्ने गरिन्छ। के यो रेसनल होला र ?

मैले फेरि पनि भने नेपालमात्रै एउटा यस्तो देश हो जहाँ बोनस फोकस हुन्छ। हामीले दिन सक्ने कुरा राम्रै छ। सबै कुरा लोड गरेर प्रडक्ट बनाएको हुन्छ। क्लेम रेसियो, रिक्स कभर, एक्सपेन्स र अझ भनौ बीमा प्राधिकरणले नै त्यो सबै कुरा हाल्नु भनेको छ। यसमा जुन बीमा कम्पनीको प्राइस कम छ, उसको बोनस कमै छ। बोनस धेरै भएकाको प्रिमियम धेरै हुन्छ।

यसमा बीमितमा द्विविधा पर्न सक्छ कि पर्दैन ?

यो मिससेलिङ चाहिँ होइन। बोनस प्रत्येक वर्ष हेरिन्छ। प्राइसअनुसार बोनस हेर्दा त्यसमा न्यान नै भएको छ। फ्युचर बोनसकै कारण पनि कतिपयको बोनस घट्न थालेको अवस्था छ।

तपाइँहरुको मूल आम्दानीको स्रोत नै ब्याज हो ?

हो।

दुई प्रतिशत कम दिन्छ क्या हो राष्ट्र बैंकले ?

एस।

त्यसले त यता पोलिसी सेल गर्न फरक पार्छ कि ?

यसमा एभरेज रेट ६ भए पनि अधिकांश कम्पनीको रेट ६ भन्दा माथि नै छ। त्यो त जहिले पनि फक्चुयट हुन्छ। नेपालमा भोलाटायल छ। हामीले १३ मा राखेको एफडी ६ मा आएको छ।

तैपनि बैंकले लग्नु भनेको पनि छन् ?

यो त उल्टो हुँदो रहेछ क्या। इन्ट्रेस्ट हाई हुँदा हाम्रो डिमान्ड हुन्छ, नत्र हामी प्रायोरिटीमा हुँदैनौँ।

तपाइँहरुको यसमा केही दीर्घकालीनता रहेन छ नि ?

यसमा पनि केही एभिन्युज खुलेको छ। केही डिफल्ट हुन सक्छ, बोनसमा कुनै बेलामा हिट हुन सक्छ। कम्पनीअनुसार २ अर्ब धेर–थोर हुन सक्छ। अहिले होटल, एयरलाइन्सका कुरा पनि आएका छन्।

अहिले बीमा गर्नेभन्दा बैंकमा राख्ने कुरा आएका छन् नि ?

तपाइँले बैंकमा लाख तिरेर बीमा सुविधा पाउने हो। बीमाले थोरै रकम लिएर सुविधा दिने हो। हाम्रो जस्तो देशमा बीमा बचत हो।

तपाइँहरुको प्रायोरिटी केमा हो ?

हाम्रो प्रायोरिटी रिस्कमा हो। बोसन, रिटर्न दिन सक्ने भए जोखिम लिने हो। सम्झौतामा तिमीलाई केही हुँदा पैसा दिने भन्ने हो। २५ लाखको बीमा गर्दा एक किस्ता तिर्दा केही भयो भने २५ लाख नै तिर्नुपर्छ।

तपाइँहरुलाई अवसर कहिले हुन्छ ?

रिसेसनको बेलामा पेन हुन्छ, हामीले त्यसलाई अवसरका रुपमा लिने हो।

तपाइँहरुले देखेको ग्रीन जोन कता हो ?

अझै पनि हामीले कन्भेन्सेनल जोनमा अझै पुगेनौँ। हामीले बीमा बुझाउन सकेनौँ। एजेन्सीलाई नै तालिम पुगेको छैन। बारपाकमा भूकम्प जाँदा धेरैजनाको मृत्यु भयो। काठमाडौंमा १० हजार मान्छेको मृत्यु भयो। त्यति बेलामा बीमा भएको भए यति धेरै टाउको दुखाउनुपर्ने थिएन।

भनेको राज्य अभिभावकका रुपमा आउनुपर्यो ?

हुन त मान्छेहरुको ओपिनियन फरक होला। तर, अहिले हाम्रो ४० हजारको छुट छ। प्रत्येक वर्ष यसैको बारेमा कुरा भइरहेको छ १ लाख बनाऔँ भन्ने छ। यसले पनि ६० हजार छुट हुँदा पनि बीमा हुन्छ। देशलाई योगदान गर्छ। बजेट आउने अगाडि ठूल्ठूला कुरा भए पनि बीमाको पार्टमा केही पनि पर्दैन।

तपाइँहरुको पार्टबाट हेर्दा पुसअप गर्न सकिएन भन्ने लाग्ला नि ?

हामीले रेगुलेटरमा भन्ने उहाँहरुले मन्त्रालयमा भन्ने हो। त्यो शाखासम्म पुगेकै छ, अब लेट सी के हुन्छ।

बीमा प्राधिकरणसँग स्थानीय तह जानु भएको छ। उहाँहरुको रेस्पोन्स कस्तो छ ?

राम्रो छ। कुन मानेमा राम्रो छ भने तपाइँले मानौँ ५ वर्ष अगाडि ७ प्रतिशतको पहुँच ३० प्रतिशत नाघेको छ। प्राधिकरणको डेटामा ४० प्रतिशत नाघेको छ। पपुलेसन यही छ। एउटा मान्छेले बीमा धेरैवटा गर्छ। एकबाट १० को बीमा गर्छन्, त्यो चाहिँ म्याचुअर्ड गरे पनि गर्छ र बजार बढाउँछ।

गरिबको बीमा गराउने लोकप्रिय स्लोगन छ कसरी गराउने ?

बीमा साँच्चै चाहिने गरिबलाई हो।

कसरी ?

पैसा हुँदैन। भोलिको दिनमा केही पर्यो भने गाह्रो हुन्छ। सेभ उहाँहरुले गर्नुपर्छ। संवेदनाले चल्दैन, पैसा पनि चाहिन्छ। सपोर्ट गर्ने सन्तान बीमा बनिदिन्छ। ६० वर्षमा रिटायर्ड हुनेलाई बीमा आवश्यक छ। २५ लाखको बीमा गरे पनि ४५ लाख पाउँछ। कसैलाई १० लाख पनि आवश्यक छ।

गरिबसँग पैसा छैन। उनीहरुलाई सामाजिक सुरक्षामा जोडेर बीमा ल्याउन मिल्दैन ?

गज्जब हुन्थ्यो। त्यो चाहिँ हामीले भन्ने मात्र हो, राज्यले हेर्नुपर्छ।

स्थानीय तहले पनि इन्सेन्टिभ जोड्न सक्छौँ नि ?

माइक्रो लेभलमा गएर काम गर्न जरुरी छ।

प्रोफिटेबल छ त त्यो ?

अँ, छ नि। त्यो कम्पनीले हेर्ने हो। एक्चुरीले हेर्छन्। बीमामा अहिले बेच्ने अनि १० वर्षपछि नतिजा हेर्ने हो।

प्रिमियम संकलन गर्नुमात्र सफलता होइन, रिटर्न दिनुपर्छ नि ? क्यालिटी चाहिन्छ नि।

एक्चुरी, व्यवस्थापन, सीईओले त्यो हेर्नुपर्छ। एकपटक लिएको जोखिम १५ वर्षसम्म लिनुपर्छ। १० अर्बको जोखिम लिने भएकाले म प्रत्येक २ वर्षमा पोलिसीहरु हेर्नुपर्छ भन्छु। आउने कुरा कम हुँदा दिने कुरा कति गएको छ, सबै हेर्नुपर्छ। १८ वर्षका पोलिसीमा इन्सेन्टिभ थिएन। अहिले दिएका छौँ।

तपाइँहरु उस्तै प्रडक्ट बेच्नु हुन्छ है, नाम फरक राखे पनि ?

अल्मस्ट त उस्तै हुन्छ।

अलि छान्ने अप्सन हेर्ने खालको केही हुँदैन ?

धेरै मान्छेलाई थाहा छैन। ‘ए’ मा बीमा गराएर ‘बी’ भन्ने कम्पनीमा आउने ग्राहक पनि हुनुहुन्छ।

फरक कहाँ हुन्छ ?

फरक त नाममा नै हुन्छ।

प्रडक्टमा ?

धेरै कम फरक आएका छन्। त्यसमा केही समस्या छन्। रिस्क लिन नसकेको अवस्था छ तर भेरियसन ल्याउन लागेका छौँ।

तपाइँ सीईओले आफ्ना आश्रित वर्गलाई म्यानेज गरेर सबैलाई चित्त बुझउन सकिन्छ ?

यो टिम वर्क हो। बोर्डको निर्देशन, आइडिया सबै मिलेर गर्ने हो। यसमा नाफा पनि दुई किसिमका हुन्छन्। इन्भेस्टमेन्ट प्रोफिट सबैको उस्तै हुन्छ। तपाइँले अल्टरनेटिभ खोज्नुहुन्छ। कम्पनीले राम्रो गर्दा सीईओ र सीईओले राम्रो गर्दा कम्पनीलाई त राम्रो हुने हो नि।

प्रोफिटमा तल–माथि हुँदा कसरी कान ठाडो पारेर मिलाउनु हुन्छ ?

मानौँ तपाइँले प्रोडक्ट बनाउँदा खेरी धेरैमा कम क्लेम पर्ने भन्ने हो। धेरै जोखिम पर्दा नाफा कम हुन्छ।

अन्डरराइटिङ प्रोफट राम्रो हुनुपर्छ भन्ने हो ?

हो नि, राम्रो हुनुपर्छ।

तपाइँहरु लसको पोलिसी त बेच्नु भएको छैन नि ?

छैन। हजार वटा बेच्दा ५ लस हुनुपर्ने भन्ने हुन्छ १० भयो भने अन्डरराइटिङ फेरि गर्नुपर्छ। यसमा एक्चुरीले लेखेको हुन्छ। लस हुने प्रडक्ट बेच्नु हुन्न।

रेगुलेटरबाट अहिले कम्पनीमा आउनु भएको छ। यसमा के फरक पाउनु भयो, उताबाट र यताबाट हेर्दा ?

अभियसली फरक छ। उताबाट गर भन्ने हो। यताबाट गर्ने हो।

उताबाट गरेन भन्ने होला ?

हो नि। हामीले हाम्रा प्रदेश प्रमुखलाई यस्तो गर्नुस् भन्छौँ। यो ओभरनाइट हुँदैन विस्तार हुन्छ।

नियामकले एक किसिमको भाइब्रेसन ल्याउन खोजेको जस्तो देखिन्छ। व्यापारका लागि तपाइँहरु केही समस्या भएको हो कि ?

रेगुलेटरले आफ्नो धर्म निभाउने हो। उहाँहरुले पनि राम्रोकै लागि गर्ने हो। पहिले–पहिले प्रडक्ट बनाउन ६ प्रतिशत डिस्काउन रेट राखेको थियो। त्यसले पनि हामीलाई बचाएको छ।

शाखा र मान्छे राख्न निर्देशन दिएको देखिन्छ, त्यो गर्न पाउने कि नपाउने ?

त्यसो गर्न पाउने तर तपाइँले मलाई १५ ब्रान्च बनाभन्दा त्यस्तो कसिमको शाखा त चाहियो नि। सहकारी डुब्यो तपाइँको डुब्छ कि डुब्दैन कि भन्ने पनि छन्। कम्पनीपिच्छे फरक धारणा होला। प्राधिकरणले शाखा चाहिँ शाखाजस्तो देखाउनु भनेको होला नि। अहिले ब्रान्च खोल्ने चलाउने काम कम्पनीको हो। हामीलाई मोडालिटी चाहिँ दिएको छ। २५० ब्रान्च बनाउनु पनि भन्नु हुन्छ। एउटा प्लासटिकको कुर्सीमा बसेको देख्दा गाह्रो त गाह्रो छ नि।

तपाइँहरुको इमेज दाबी भुक्तानीमा जोडिन्छ, १० निकायको पत्राचारमा समय लाग्छ नि ?

हामीले १०० मा ९९ क्लेम सेटल गर्छौ। तर, त्यही ९९ वटा सेटल गरेको कुरा मान्छेलाई बुझाउन सकेका छैनौँ। कुनैमा साथीहरुले नबुझ्दा वा जानी–जानी गरेकोमा समस्या छ। नियत ठीक नभएको बेलामा बीमाले पैसा रोक्न सक्छ।

फ्युचर बोनसले कस्तो नतिजा दिन्छ ?

अलि छिटो आउनुपथ्र्यो। यसले बीमाको बोनसमा धेरै तल–माथि नहोस् भनेर हो। ६५ भनेको बोनसमा २–५ रुपैयाँ घट्न सक्छ। धेरै कटाउन पाइँदैन। अब प्राधिकरणले कडाइ गरेको छ।

अभिकर्ताहरुमा एकाधिकारको नियमले मोटिभेट गर्छ त ?

यो एउटा माटो सुहाउँदो हो। पहिलो कुरा खोज्ने आफ्नो घरकै हो। यसमा यो कुरा आएको छ। लाइफ इन्स्योरेन्स जस्तो कुरा मृत्युले दिने हो। आफूलाई मार्दैन भनेर बीमाका अवधारणा अघि ल्याउने। आमा, नाति, छोरा भयो भनेर फरक गर्न खोजेको होला तर मामा, काका, भाइको सर्कलको बीमा गरेर म्याचुअर्ड हुने हो। ओभरनाइट खतरा एजेन्सी बन्दैन। कमिसन आउँदै गर्दा उनीहरुले मोटिभेट हुँदै जान्छन्। १० चोटी भन्न पनि सक्नुपर्यो। आफ्नो मेहनतले फल दिन्छ भन्ने हुनुपर्छ।

तपाइँहरु कान्छो कम्पनी, नम्बर गेममा कहाँ हुन्छौँ ?

हामी टप फाइभमा पुग्न सक्छौँ होला। नम्बरका लागिभन्दा लाइनमा ल्याउने गरी काम गर्नुपर्यो। सुरु भएका कम्पनी र पुराना कम्पनी उस्तै ठाउँमा छन्। भारत र जापानमा यो भन्दा फरक खर्च छ।

त्यहाँ जेट चढ्छन्।

मेहनतले चढ्छन्। यहाँ पनि ठाउँ छ।

अर्को वर्ष लगानीकर्ता मुसुक्स हास्ने ठाउँ बन्छ कम्पनीतिर फर्किंदा ?

पसल खोलेपछि च्यारिटेबल बनाउने होइन। पब्लिक सेयर होल्डरलाई नाफा चाहिन्छ। हामीले मुख खुम्च्याउनुपर्ने अवस्था छैन।

लामो कुरा गरियो। अन्तरकुन्तरमा यो बसाइमा भन्नुपर्ने केही थियो कि ?

खासै छैन। सबै कभर गर्नुभएको छ। त्यस्तो छैन।

थ्याक्यु भेरी मच।

हवस्।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS