Connect IPS
IME Life

जीवन बीमकका प्रदेश प्रमुखहरुसँग नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालयले जीवन बीमकका प्रदेश प्रमुखहरुसँग छलफल तथा अन्तरक्रिया सम्पन्न गरेको छ । नेपाल बीमा प्राधिकरण, प्रदेश कार्यालय प्रमुख पूर्ण बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जीवन बीमा ब्यवसाय गर्ने बीमकका प्रदेश प्रमुखहरु र बीमा प्राधिकरणका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

नेपाल बीमा प्राधिकरण प्रदेश कार्यालय प्रमुखको तर्फबाट पूर्ण बहादुर थापाले बीमा प्राधिकरणले लुम्बिनी प्रदेशमा देखिएका समस्या तथा समाधनका विषय र बीमा प्राधिकरणले बीमकबाट गरिएको अपेक्षाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

Prabhu
Crest

उनले घातक रोग लागि सकेका ब्यक्तिको जीवन बीमा गराएको उजूरी पर्न आएको, गलत सूचना दिएर जीवन बीमा गराएको उजूरी परेको, तोकिएको समय सीमा अवधि भित्र उजुरीको प्रति उत्तर प्राप्त नहुने, प्राधिकरणबाट भएको फैसलाको आधारमा उस्तै प्रकृतिको दाबीमा समेत दाबी भुक्तानी नदिने देखिएको, उजुरीको विषयवस्तुसँग सम्बन्धित जवाफ पेश नगरेको लगायतका समस्या बारेमा जानकारी गराएका थिए ।

त्यस्तै, बीमा अभिकर्ताहरुलाई पूर्ण बीमा सम्बन्धी ज्ञान तथा तालिम प्रदान नगरी बीमा अभिकर्ताको इजाजतपत्रको लागि निवेदन पेश हुने गरेको, गलत सूचना प्रचार प्रसार गरी बीमा गराएको, एउटा कम्पनीको बीमा अभिकर्ता भई काम गर्दा गर्दै अर्को कम्पनीमा काम गर्नका लागि अनुमति मागेको , बीमा अभिकर्ताबाट बीमितको बीमाशुल्क रकम अपचलन भएको, बीमितले तिर्नु पर्ने बीमाशुल्क बीमा अभिकर्ताको खाताबाट भुक्तानी गरेको, घातक रोग लागेका ब्यक्तिको पनि बीमा गराउने गरेको , बीमा अभिकर्तालाई बीमालेखको विषयबस्तुको बारेमा जानकारी नै नहुनु जीवन बीमा क्षेत्रमा समस्या रहेको बताएका छन् ।

त्यसैगरी जीवन बीमा कम्पनीको प्रदेश कार्यलयहरुमा प्रस्ताव फाराम पुरा नभरीकन बीमालेख जारी गरेको, ग्राहाक परिचय पत्र पूर्ण रुपमा नभरेको, बीमितको आयश्रोत खुल्ने कागजात नभएको, समयमै आवश्यक कागजात उपलब्ध गराउन नसकेको, प्राधिकरणको प्रादेशिक कार्यालयसँग बीमकको प्रदेश कार्यालय विच समन्वयको अभाव रहेको, बीमकको प्रदेश कार्यालयलाई प्रशासनिक, आर्थिक तथा दाबीको अधिकार प्रत्यायोजन नभएको, शाखा स्वीकृति लिएको तर शाखा नखोलेको, शाखा कार्यालयहरुको संरचना, कर्मचारीहरु तथा पूर्वाधार नभएको , बीमकहरुले नियमित रुपमा अभिकर्ता, कर्मचारीहरुको विकास लगायत अन्य शिर्षकमा गर्नुपर्ने तालिम नगरेको, डमी एजेन्ट तथा कर्मचारी राख्ने गरिएको पाइएको, एकलाख भन्दा माथिको कारोबार नगदमा भएको देखिएको बताए ।

प्राधिकरणले बीमकहरुबाट गरिएको अपेक्षा
बीमकले अण्डराइटिङ्ग सम्बन्धी ब्यवस्थालाई पालना गर्नु पर्ने ।
बीमितको आयश्रोत एकिन गर्ने कागजातको आधारमा बीमालेख जारी गर्नु पर्ने ।
ऐन नियम निर्देशिका तथा निर्देशनको पालन गर्नु पर्ने ।
बीमकले संस्थागत सुशासनलाई पालना गर्नु पर्ने ।
बीमकले बीमा दावी भुक्तानी सम्बन्धी आउने गुनासोलाई समयमै समाधान गर्नु पर्ने ।
बीमा अभिकर्ताको कारणले आउने समस्यालाई निराकरण गर्ने तर्फ पहल गर्नु पर्ने।
जोखिम मूल्याङ्कन सम्बन्धी नियम पालना गर्नु पर्ने ।

नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले आयोजना गरेको कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख पूर्ण बहादुर थापाले उठेको समस्या तथा जिज्ञासाहरुको उत्तर दिंदै कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद दिए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS