IME Life
GBIME

एउटै व्यक्ति दुई तीन वटा सहकारीको संचालक हुनु मुख्य समस्या होः सहकारी मन्त्री

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । मर्यादित सहकारी व्यवसायका लागि युवा संलग्नता भन्ने नाराका साथ प्रथम सहकारी रोजगार मेला २०८१ शुक्रवारदेखि ललितपुरमा सुरु भएको छ । राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले आयोजना गरेको तीनदिने रोजगार मेलामा रोजगारीको खोजीमा रहेका युवाहरुलाई सहकारी क्षेत्रका रोजगारदातासँग समन्वय गर्ने माध्यका रुपमा लिइएको छ ।

युवाहरु अवसर र रोजगारीको खोजीमा विदेशी क्रम बढ्दै गईरहेको अवस्थामा नेपालका सहकारी क्षेत्रमा आवद्ध भई स्वरोजगार हुन सकिने तथा यसक्षेत्रमा पनि रोजगारीको राम्रो अवसर छ भन्ने उदेश्यका साथ मेला आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

Crest

मेलाको उद्घाटन समारोहमा बोल्दै भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले युवाहरुको भावना अनुरुप सहकारी क्षेत्रले काम गर्नुपर्ने धारणा व्यक्त गरे । सहकारी रोजगार मेलाले यस क्षेत्रका रोजगारदाता र रोजगारी खोज्ने युवाहरुबीच सेतुको काम गर्ने उनले विश्वास व्यक्त गरे । यसैगरी मन्त्री अधिकारीले एउटै व्यक्ति दुई तीनवटा सहकारीको संचालक रहनु अहिले सहकारी क्षेत्रमा देखिएको समस्याको प्रमुख कारण रहेको समेत धारणा राखे ।

अर्थतन्त्रको एक मूख्य हिस्सेदारी सहकारी क्षेत्रको प्रमुख समस्या बुझेर सरकार अघि बढ्ने उनको जिकिर थियो । सहकारी क्षेत्रले उत्पादन गरेका वस्तुको बजारी करण गर्ने जिम्मेवारी अवदेखि सरकारले लिने उनले प्रतिबद्धता समेत जनाए । कार्यक्रमबारे प्रष्ट पादै राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले देश छोडेर बिदेश जाने युवाहरुलाई नेपालको सहकारी क्षेत्रमा स्वरोजगार हुने अवसर र राम्रो सेवा सुविधा सहितको रोजगार छ भने जानकारी गराउन मेला आयोजना गरिएको जानकारी दिइन् ।

अध्यक्ष मल्लले सहकारी क्षेत्रलाई सरकारले प्राथमितामा नराखेको गुनासो गरिन् । सहकारीले उत्पादन गरेका वस्तुको बजारीकरण र सहुलियत ॠणको व्यवस्थापन सरकारले नगर्दा यसक्षेत्रका किसानहरु विस्थापित हुने अवस्थामा रहेको उनको भनाई थियो । साथै सहकारीले २५ बढी चिया उद्योग संचालन गदै आएको , दैनिक २५ हजार लिटर बढी दुध उत्पादन गदै आएकोमा त्यसका लागि बजार नभएको सरकारको त्यसतर्फ ध्यानाकार्षण हुनुपर्ने अध्यक्ष मल्लले धारणा राखिन् ।

कार्यक्रममा सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेश प्रसाद पोखरेलले धन्यवाद व्यक्त गरेका थिए । उद्घाटन समारोहमा सहकारी मन्त्रालयका उच्च अधिकारी, नेपाल प्रहरीका उच्च अधिकारी तथा सहकारी क्षेत्रका व्यतित्वहरुको सहभागिता रहेको थियो ।

सहकारी रोजगार मेलामा सहकारी क्षेत्रका ३० बढी स्टलहरु रहेका छन भने मेला अवधिभर पाच हजार बढीले अवलोकन गर्ने अपेक्षा आयोजक संस्थाको छ । यसै सन्दर्भमा महासंघले सहकारीको वर्तमान रोजगारी स्थिती र भविष्यका संभावनाहरु बिषयीक कार्यपत्र पनि प्रस्तुत गरेको छ ।

कार्यपत्र प्रस्तुत गदै महासंघकी महाप्रबन्धक चित्रा कुमारी थमसुहाङ सुब्बाले सहकारी क्षेत्रमा एक लाखले प्रत्यक्ष रोजगारी र १० लाख व्यक्ति अप्रत्यक्ष तथा रोजगार र स्वरोजगार बनेका जानकारी दिइन् । तथ्यांक अनुसार नेपालमा ३१ हजार बढी सहकारी संस्थामा ७४ लाख व्यक्ति संलग्न छन् भने जसमा ५६ प्रतिशत महिला सहमागिता रहेको छ । नेपाल सहकारी क्षेत्रमा बढी व्यक्ति संलग्न हुने दोस्रो मुलुकमा पर्दछ भने पहिलो मुलुक फिलिपिन्स हो ।।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS