Connect IPS
IME Life

आन्तरिक राजश्व विभागले बढायो राजश्व संकलन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आन्तरिक राजश्व विभागको राजश्व संकलनमा वृद्धि भएको छ । विभागको तथ्याङ्कअनुसार पछिल्लो केही महिनामा राजश्व संकलनमा वृद्धि भएको हो । चालु आर्थिक वर्षको जेठ महिनाको राजश्व संकलन ४१ अर्ब १९ करोड छ । गत वर्ष सोही अवधिको संकलन ३७ अर्ब थियो । यो ११.३० प्रतिशतको वृद्धि हो ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म आन्तरिक राजश्व विभागले कूल ४ खर्ब ४८ अर्ब राजश्व संकलन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ९।६४ प्रतिशतले बढी हो । गत वर्ष जेठ मसान्तसम्मको राजश्व असुली ४ खर्ब ८ अर्ब थियो । गत वर्षभन्दा चालु आर्थिक वर्षको यो अवधिसम्म ४० अर्बले राजश्व संकलनमा वृद्धि भएको विभागका महानिर्देशक शिवलाल तिवारीले जानकारी दिए ।

Prabhu
Crest

आयकर (भाडा र व्याजसमेत) बाट २ खर्ब ३२ अर्ब, मूल्य अभिवृद्धिकर (आन्तरिक) बाट १ खर्ब १२ अर्ब र अन्तशुल्कबाट ९५ अर्ब संकलन भएको छ । महानिर्देशक तिवारीका अनुसार स्वास्थ्य सेवा, शिक्षा र अन्यबाट ८ अर्ब राजश्व उठेको छ । हालसम्म कूल लक्ष्यमा राजश्व असुली ७८.५ प्रतिशत रहेको विभागले जनाएको छ । चालु आर्थिक वर्षको अन्तिम महिना असार अन्तिमसम्म लक्ष्य भेट्ने गरी राजश्व संकलनमा तीव्रता दिइने तिवारीले बताए ।

अर्थमन्त्री वर्षमान पुन अनन्तले राजश्व संकलनमा तीव्रता दिन निर्देशन दिएअनुसार विभाग सक्रिय भएको तिवारीले बताए । गत वर्षको सोही अवधिको तुलनामा राजश्व संकलनमा वृद्धि भए पनि सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको महत्वाकांक्षी लक्ष्य भने भेट्न सकेको छैन ।
राजश्व संकलनमा करदाता कार्यालयहरुमध्येको ठूला करदाता कार्यालयको योगदान करिब ४० प्रतिशत छ ।

यो कार्यालयले १ खर्ब ७५ अर्ब राजश्व उठाएको छ । ठूला करदाता कार्यालयको लक्ष्य २ खब ३८ अर्ब थियो । वार्षिक एक अर्बभन्दा बढीको कारोबार गर्ने करदाताबाट ठूला करदाता कार्यालयले कर उठाउँछ । एक अर्बभन्दा बढीको कारोबार गर्ने करदाता संख्या ५ सय ४५ छन् । कोरोना महामारीसहित विविध कारणले केही वर्षयता अर्थतन्त्रमा आएको सुस्तताका कारण राजश्व संकलनमा कमी आए पनि चालु आबको पछिल्लो अवधिमा अर्थतन्त्रमा आएको सुधारका कारण राजश्व संकलनमा वृद्धि भएको महानिर्देशक तिवारी बताउँछन् ।

यस्तै अन्त शुल्कमा बढाइएको निगरानी, धितोपत्र बजार र घरजग्गा व्यवसाय कारोबारमा भएको वृद्धि तथा सरकारले पुँजीगत खर्च बढाएका कारण पनि राजश्व संकलनमा सकारात्मक प्रभाव परेको उनले जनाए । तत्कालीन अर्थमन्त्री डा। प्रकाशशरण महतले चालु आर्थिक वर्ष ०८०/०८१ मा समग्रमा ४३ प्रतिशतको महत्वाकांक्षी राजश्व वृद्धिको लक्ष्य निर्धारण गरेका थिए । कूल लक्ष्यमध्ये कर प्रशासनका प्रमुख दुई निकाय आन्तरिक राजश्व विभाग र भन्सार विभागलाई ५०/५० प्रतिशत राजश्वको लक्ष्य दिइएको हुन्छ ।

लक्ष्यअनुसार राजश्व संकलन नभएपछि मध्यावधि समीक्षामार्फत डा। महतले १२ खर्ब २ अर्बको लक्ष्य निर्धारण गरेका थिए । तर, आर्थिक वर्षको अन्तिम महिनासम्म लक्ष्यभन्दा धेरै कम अर्थात १० प्रतिशत हाराहारी मात्र राजश्व संकलन हुन सकेको छ । अपेक्षित रुपमा राजश्व संकलन हुन नसक्दा बाह्य सूचकको तुलनामा मुलुकको अर्थतन्त्रको आन्तरिक सूचकमा सुधार हुन सकेको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS