IME Life
GBIME

कुश्मामा लिबर्टी माइक्रो लाइफले सञ्चालनमा ल्यायो उप-शाखा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले पर्वतको कुश्मामा आफ्नो उप-शाखा कार्यालय सञ्चालन गरी कारोबार सुरु गरेको छ । उक्त नयाँ उप-शाखा कार्यालयको उद्घाटन नेमा प्राधिकरण, गण्डकी प्रदेश प्रमुख केशवप्रसाद दाहालले गरेका हुन् ।

कम्पनी प्रमुख कार्यकारी अधिकृत रामकुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश कार्यालयका क्षेत्रीय प्रबन्धक शिवप्रसाद पौड्यालले विषयवस्तु बारे स्पष्ट पारेका थिए ।

Crest

कार्यक्रममा कुश्मा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष ईश्वरी गिरी, कुश्मा, उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर बि। पौडेल, सामाजिक अभियान्ता सरस्वती शर्मा जिज्ञाशु लगायतले कम्पनीप्रति शुभकामना व्यक्त गरे ।

कम्पनीका एजेन्सी म्यानेजर डम्मरप्रसाद पौडेलले न्यून आय भएका अल्पसंख्यक, सीमान्तकृत हरेक नागरिकको घर-घरमा बीमाको पहुँच पुर्‍याउन र जनचेतना अभिवृद्धि गर्न सम्बन्धित सबैलाई आग्रह गरे । उनले हुने खानेहरुका लागि मात्र नभई हुँदा खानेहरुका लागि न्यूनतम वार्षिक ३३ रुपैयाँले बीमा गर्न सकिने लघुबीमा अत्यन्तै उपयोगी रहेको हुँदा सबैलाई बीमा गर्न आग्रह गरे ।

उक्त कार्यक्रमको सञ्चालन गण्डकी प्रदेश कार्यालय पोखराका बिजनेस प्रमोसन एक्सपर्ट अर्जुन सिग्देलले गरेका थिए ।

कम्पनीले न्युन आय आम्दानी भएका सीमान्तकृत वर्गमा सरल र सहज रुपमा लघु बीमा सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले आगामी दिनमा पनि छिटो र छरितो लघु बीमा सेवा प्रदान गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS